
कोलकाता, 26 अप्रेल (हि.स.)। पश्चिम बंगालमा दोस्रो चरणको मतदानअघि निर्वाचन आयोगले कर्मचारीको अभावको सामना गरिरहेको छ। यो समस्याको समाधानको निम्ति आयोगले पहिलो चरणमा काम गरिसकेका केन्द्रिय सरकारी कर्मचारीहरूलाई पुन: तैनाथ गर्ने निर्णय गरेको छ। आयोगले दोस्रो चरणको मतदानको लागि 17,276 भन्दा बढ़ी कर्मचारीहरूलाई तैनाथ गर्ने योजना बनाएको छ।
आयोगद्वारा जारी अधिसूचना अनुसार, यी कर्मचारीहरूलाई तुरुन्तै जिल्ला स्तरमा नियुक्त गर्न र नियुक्ति पत्र जारी गर्न निर्देश दिइएको छ।
यी सबै कर्मचारीहरूले मतदानको पहिलो चरणमा आफ्नो कर्तव्य पूरा गरिसकेका छन् र अब दोस्रो चरणमा पनि तैनाथ गरिने रिपोर्ट गरिएको छ। उनीहरूलाई प्रिसाइडिङ अफिसर सहित विभिन्न चार श्रेणीमा नियुक्त गरिनेछ।
आइतवार निर्वाचन आयोगका एक अधिकारीले भने, जिल्लागत रूपमा तैनाथ गरिएका कर्मचारीहरूको सबैभन्दा बढ़ी संख्या, 6620 दक्षिण २४ परगनामा तैनाथ गरिएको छ। यसपछि, उत्तर 24 परगनामा 5680, नादियामा 1745, र हावड़ामा 724 कर्मचारीहरू (डोमजुरमा 221) तैनाथ गरिँदैछन्। दक्षिण कोलकातामा 1109, हुगलीमा 712 र पूर्वी बर्दवानमा 686 कर्मचारीहरू तैनाथ गर्न निर्देश पनि जारी गरिएको छ।
यद्यपि, यस निर्णयको बारेमा प्रश्नहरू उठेका छन्। भोटकर्मी एकता मञ्चका महासचिव स्वपन मण्डलले धेरै राज्य सरकारी कर्मचारीहरू अहिलेसम्म कुनै पनि चुनावी ड्यूटीमा सामेल नभएको बेला केन्द्रिय सरकारी कर्मचारीहरूलाई मात्र किन तैनाथ गरिँदैछ भनेर सोधे। उनले यस्तो अवस्था पहिले कहिल्यै नदेखिएको बताए, यद्यपि उनले निष्पक्ष र शान्तिपूर्ण चुनाउको आवश्यकतामाथि जोड दिए।
हिन्दुस्थान समाचार / भवानी थामी