गोपालसिंह नेपाली बस्नेत, लक्ष्मण श्रीमल र आशा भोसलेको सम्झनामा कार्यक्रम गरिने
आशा भोसलेको सम्झनामा कार्यक्रम गरिने


सिलगढी, 26 अप्रेल (हि.स.)। सिलगढीमा सञ्चालित एसोसिएशन फर रिसर्च अन् नन्-प्रफीट अर्गनाइजेशन एण्ड भोलन्टरी एक्टिभिस्ट (आरनोवा) ले तीन सर्जकहरूलाई श्रद्धाञ्जीस्वरूप 'सर्जकहरूको सम्झना' कार्यक्रमको आयोजना गर्ने भएको छ। संस्थानका संस्थापक अध्यक्ष रुबेन गुरूङको अध्यक्षता आइतबार बसेको सभामा यो कार्यक्रम गर्ने निधो गरिएको छ।

आगामी १७ मई, २०२६ आइतबार बिहान १० बजी राष्ट्रिय सर्जक गोपालसिंह नेपाली बस्नेत, साहित्य अकादेमी पुरस्कृत साहित्यकार लक्ष्मण श्रीमल र भर्खरै दिवङ्गत भएकी गायिका आशा भोसलेको सम्झनामा यो कार्यक्रम आयोजन गरिने भएको छ। कार्यक्रममा तीनैजना व्यक्तित्वहरूको योगदानमाथि वक्तव्य, कविता र गीतहरू प्रस्तुत गरिनेछ।

उक्त कार्यक्रम सिलगढीको चम्पासरी-मिलन मोड रोडको जादुभिट्टा अवस्थित एसई मार्ट परिसरमा आयोजन गरिने आरनोवा का सचिव दिवाकर ढुङ्गेल शर्माले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande