मुख्यमन्त्रीले प्रो. दिलीप बरुवाको पुण्यतिथिमा अर्पण गरे श्रद्धाञ्जली
मुख्यमन्त्रीले प्रो. दिलीप बरुवाको पुण्यतिथिमा अर्पण गरे श्रद्धाञ्जली


गुवाहाटी, 27 अप्रेल (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले प्रख्यात शिक्षाविद्, अर्थशास्त्री एवं क्विज़ संस्कृतिका अग्रदूत प्रोफेसर दिलीप कुमार बरुवाको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

मुख्यमन्त्री डा. सरमाले सोशल मीडियाको माध्यमबाट एउटा पोस्ट शेयर गर्दै राज्यको सिपाझारमा जन्म ग्रहण गरेका प्रख्यात शिक्षाविद्, अर्थशास्त्री प्रोफेसर दिलीप कुमार बरुवाको पुण्यतिथिमा उनलाई गहिरो श्रद्धाञ्जली अर्पण गर्दै भनेका छन्, उनले आफ्नो सम्पूर्ण जीवनलाई असममा शिक्षाको विकासको लागि समर्पित गरे। उनले असममा क्वीज संस्कृतिलाई लोकप्रिय बनाउनमा पनि अग्रणी भूमिका निर्वाह गरे।

मुख्यमन्त्रीले भने, शिक्षा, सोच र समाज सेवामा उनको योगदान असमको जीवनमा सदैव ताजा रहनेछ। उनका आदर्श अनि विचारले सदैव भावी पिँढ़ीलाई ज्ञानको मार्गमा अग्रसर हुनको लागि प्रेरित गरिरहनेछ।

ज्ञात रहोस्, दिलीप कुमार बरुआ (जन्म 16 मार्च 1943, निधन 27 अप्रेल, 2017) असमका एकजना शिक्षक, लेखक औ अर्थशास्त्री थिए। उनी एकजना तर्क शास्त्री एवं क्विज़ मास्टरको रूपमा प्रसिद्ध थिए। उनलाई असममा क्विज़को जनक पनि मानिन्छ।

उनको जन्म दरङ्ग जिल्लाको सिपाझारमा भएको थियो।

उनको बाल्यकाल आफ्ना पिताको नोकरीले गर्दा शिलङ्गमै बित्यो अनि त्यहीँबाट उनले म्याट्रिक उतीर्ण गरे। उनले सेन्ट एन्थोनी कलेज, कटन कलेज औ दिल्ली विश्वविद्यालयमा अध्ययन गरे। उनले वर्ष 1966- मा कटन कलेजमा अर्थशास्त्र विभागमा व्याख्याताको रूपमा प्रवेश लिए भने वर्ष 2001- मा हाफलोङ्ग कलेजको प्राचार्यको पदबाट सेवानिवृत्त भएका थिए। आफ्नो अवकाशपछि उनले विभिन्न संस्थाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका थिए।

दिलीप कुमार बरुवाले वर्ष 1967- मा कटन कलेजमा असम र उत्तर पूर्व भारतमा पहिलो क्विज़ प्रतियोगिता आयोजना गरेका थिए। 27 अप्रेल, 2017- को राती 11 बजे गुवाहाटीके एक निजी अस्पतालमा उनको निधन भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande