आईपीएलको माध्यमबाट जुवा सञ्चालन गर्ने पाँच आरोपी पक्राउ
आईपीएलको माध्यमबाट जुवा सञ्चालन गर्ने पाँच आरोपी पक्राउ


कछार (असम), 27 अप्रेल (हि.स.)। कछार पुलिसले आईपीएलको माध्यमबाट जुवा सञ्चालन हुनेसित सम्बन्धित एक विश्वसनीय सूचनाको आधारमा कारबाही गर्दै समीर अजिज नामक व्यक्तिलाई पक्राउ गऱ्यो। त्यसपछि उसैले बताए मुताविक टीमले अन्य चारजना आरोपीहरूलाई पक्राउ गऱ्यो। आरोपीहरूबाट मोबाइल फोन, नगद तथा अन्य सामग्रीहरू जफत गरिएको छ।

कछार जिल्ला पुलिस अधीक्षकले सोमवार मीडियासित बातचित गर्दै यस मामिलाको विस्तृत जानकारी गराए। पक्रा पर्ने अन्य चार जना आरोपीहरूको पहिचान सैबुल हुसैन लस्कर, ज़ाहिर हुसैन लस्कर, रजत कुमार सिंह औ आफताब लस्करको रूपमा गरिएको छ।

जुवाड़ेहरूबाट जफत गरिएका सामग्रीहरूमा नगद राशि 80,230 रुपियां, सात वटा एण्ड्राइड मोबाइल फोन, एउटा नोटबुक जसमा आईपीएल जुवासित सम्बन्धित हिसाब-किताब दर्ता गरिएको छ, चार वटा हिसाब-किताबको शीट सामेल छन्।

उपर्युक्त सबै सामग्रीहरूलाई तय प्रक्रिया अनुसार विधिवत रूपमा जफत गरिएको छ। आरोपीहरूलाई जफत गरिएका सामग्रीहरू सहित आज न्यायालयमा पेश गरियो जहाँबाट उनीहरूलाई जेलमा पठाइएको छ। यस सम्बन्धमा कछार जिल्ला मुख्यालय शहर सिलचर थानामा केस नम्बर 387/2026 दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande