
डिब्रुगढ़ (असम), 27 अप्रेल (हि.स.)। डिब्रुगढ़ जिल्लाको मोरान क्षेत्रमा भएको एक सड़क दुर्घटनामा साइकल चालकको घटनास्थलमै मृत्यु भयो।
पुलिसले सोमवार बतायो, मोरान क्षेत्रमा राष्ट्रिय राजमार्गमा अज्ञात वाहनले ठक्कर दिइएको कारणले साइकल चालकको घटनास्थलमै मृत्यु भयो।मृतकको पहिचान खटखटी निवासी फुकन चन्द्र देको रूपमा गरिएको छ।
घटना घट्दा मृतक चिया बगानदेखि आफ्नो घर तर्फ गइरहेका थिए यसै क्रममा यो दुर्घटना भयो। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसले मृत व्यक्तिको शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा ठाइदिएको छ।
पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी दुर्घटनामा सामेल वाहन अनि भगौड़ा चालकलाई खोजिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा