जुवा खेल्दै गरेका 6 जना जुवाड़े समातिए
जुवा खेल्दै गरेका 6 जना जुवाड़े समातिए


तिनसुकिया (असम), 27 अप्रेल (हि.स.)। तिनसुकिया जिल्लान्तर्गत तेल नगरी डिगबोईमा पुलिसले एउटा अभियान सञ्चालन गरी 6 जना जुवाड़ेहरूलाई पक्राउ गऱ्यो। आरोपीहरूमा तीन जना इण्डिया ओयल कर्पोरेशन (आईओसी)-का कर्मचारीहरू रहेको बताइएको छ।

पुलिस सूत्रले आज बताएको छ, डिगबोई शहरको लाजित नगरस्थित जेजे ब्वोइज होस्टेलमा जुवा खेलिरहेको गुप्त सूचना प्राप्त भएको थियो। सूचना पाउनसाथ डिगबोई सम जिल्ला पुलिस अधीक्षक हिमान्शु गोहाईको नेृत्वमा पुलिसले छापा मारेर आरोपीहरूलाई पक्राउ गऱ्यो।

पक्रा पर्ने आरोपीहरूको पहिचान अरुण चार्की, नरेश कुमार शिलसुत, माडू माधव राव, मोहम्मद हासन, पङ्कज दास औ गोल्डी बागराको रूपमा गरिेको छ। पुलिसले जुवाड़ेहरूबाट नगद राशि र जुवा खेल्ने सामानहरू पनि जफत गरेको छ।

सूत्रले बताएको छ, होस्टेलको नाममा उक्त घरमा पछिल्लो लामो समयदेखिको जुवाको धन्दा चलिरहेको थियो। पुलिसले यस सम्बन्धमा प्राथमिकी दर्ता गरी अग्रिम कानूनी कारबाही गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande