सर्कल अफिसको कर्मचारी भएर ठगी गर्ने चार ठग पुलिसको कब्जामा
सर्कल अफिसको कर्मचारी भएर ठगी गर्ने चार ठग पुलिसको कब्जामा


शोणितपुर (असम), 27 अप्रेल (हि.स.)। सोनापुर पुलिसले जमीन-रेजिस्ट्रेशनमा धोकाधड़ी भएको एउटा मामिलाको खुलासा गर्दै शोणितपुर जिल्लाबाट चार जना आरोपीहरूलाई पक्राउ गरेको छ।

पुलिस सूत्रले सोमवार बताएको छ, यो मामिला त्यसबेला प्रकाशमा आयो जतिबेला कचुतलीका 70 वर्षीय वृद्धले सिकायत गरे कि सोनापुर सर्कल अफिसको कर्मचारी भएर कसैले उनीसित धोकाधड़ी गरेको छ। आरोप छ, आरोपीहरूले जमीन रेजिस्ट्रेशनमा मद्दत गर्ने बहानामा पीड़ितबाट एक महिनाभित्रमा 17,260 रुपियाँ ठगे, त्यसपछि आरोपीहरूले सम्पर्क नै विच्छेद गरिदिए।

जाँच गर्दा अधिकारीहरूले पुष्टि गरे, सर्कल अफिसमा यस्तो कुनै व्यक्तिेले काम गर्दैन जसबाट यो साबित भयो कि यो सुनियोजित पहिचान लुकाउने तथा धोकाधड़ीको मामिला हो। सिकायतमाथि कारबाही गर्दै पुलिसको ईडीपीडी टीमले आरोपीहरू शोणितपुर जिल्लाको तेजपुरमा रहेको पत्तो लगायो। त्यसपछि सबैलाई पक्राउ गऱ्यो। पक्रा पर्ने आरोपीहरूको पहिचान रियाज़ुल इस्लाम (22), सैफुल इस्लाम (26), मोजामिल हक (40) र इस्ताकुल हुसैन (21)- को रूपमा भएको छ। पुलिसले कानूनको सम्बन्धित धाराहरू अन्तर्गत आरोपीविरूद्ध कानूनी कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande