मध्य प्रदेशको नर्मदापुरम-पिपरिया राज्य राजमार्गमा दुर्घटना, पाँच जनाको मृत्यु
मध्य प्रदेशको नर्मदापुरम-पिपरिया राज्य राजमार्गमा दुर्घटना, पाँच जनाको मृत्यु


नर्मदापुरम, अप्रेल २७ (हि.स.)। मध्य प्रदेशको नर्मदापुरम-पिपरिया राज्य राजमार्गको आंचलखेडा नजिकै आइतबार राति टवेरा र अन्नले भरिएको ट्रयाक्टर-ट्रली ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा टवेरामा सवार पाँच जनाको मृत्यु भएको छ भने छदेखि सात जना घाइते भएका छन्।

दुर्घटना आइतबार राति करिब १ बजे दुर्घटना भएको हो। पीडितहरू महेन्द्रवाडी र माखननगरका बासिन्दा हुन्। उनीहरू गाउँका बासिन्दा राघनेन्द्र मोरप्पाको विवाहको लागि बुधनी गएका थिए। त्यस राति महेन्द्रवाडी फर्कँदै गर्दा उनीहरूको गाडी अन्नले भरिएको ट्रयाक्टर-ट्रलीसँग ठोक्किएको बताइएको छ। क्रसिङ गर्ने क्रममा टवेरा ट्रलीको छेउमा ठोक्कियाे। दुर्घटना यति गम्भीर थियो कि टवेरा पूर्ण रूपमा ध्वस्त भयो। दुर्घटनापछि निक्कै हाेहल्ला मच्चियो।

घटनाको जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेको थियो। गाउँहरूको सहयोगमा पुलिसले घाइतेहरूलाई तुरुन्तै जिल्ला अस्पताल पुर्यायो। त्यहाँका डाक्टरहरूले जाँचपछि पाँच जनालाई मृत घोषित गरे भने अन्य घाइतेहरूको उपचार भइरहेको छ। दुर्घटनाको खबर पाएपछि परिवारका सदस्यहरू र गाउँलेहरूको भीड जिल्ला अस्पतालमा जम्मा भयो। शवहरू पोस्टमार्टमको लागि पठाइएको छ। सोमबार नर्मदापुरममा पोस्टमार्टम गरिनेछ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

मृतकहरूको नाम:

शुभम मोरप्पा (18), निवासी महेन्द्रवाड़ी

विनीत यादव (22), निवासी महेन्द्रवाड़ी

साहिल यादव (19), निवासी महेन्द्रवाड़ी

हरि सिंह (57), निवासी महेन्द्रवाड़ी

सन्तोष प्रजापति निवासी माखननगर।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande