दुलियाजानको ओयल मार्केटमा भयानक आगलागी
दुलियाजानको ओयल मार्केटमा भयानक आगलागी


डिब्रुगढ़ (असम), 27 अप्रेल (हि.स.)। दुलियाजानको ओयल मार्केट क्षेत्रमा गए आइतवार राती भीषण आगो लाग्यो जसमा धेरैवटा व्यवसायिक प्रतिष्ठानहरू जलेर खरानीमा परिणत भयो। घटनाको कारणले घटनास्थलमै कोकोहोलो मचियो।

प्रारम्भिक जानकारी अनुसार आगो अबु बक्कर सिद्दीक नामक व्यक्तिको किराना पसलबाट शुरू भएको थियो जसले हेर्दा-हेर्दै वरपरका पसलहरूलाई पनि आफ्नो चपेटमा लियो जसबाट धेरै वटा व्यवसायिक एकाईहरूलाई व्यापक नोक्सान पुऱ्यायो।

अचानक लागेको आगोले बजारमा उपस्थित व्यवसायीहरू र ग्राहकहरूबीच हाहाकार मचियो। मानिसहरू आ-आफ्नो ज्यान बचाउनका लागि यता-उता दौड़िए।

घटनाको सूचना पाए लगत्तै ओयल इण्डिया लिमिटेडको दमकल वाहनहरू घटनास्थलमा पुगेर आगो निभाउने अभियानमा जुटे। दमकल कर्मीहरूको तत्परता अनि लगातार प्रयासले आगोलाई नियन्त्रण गरियो।

हाल यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। क्षति भएको सम्पत्तिको मूल्याङ्कन गरिँदैछ। आगलागीको कारण थाहा गर्न जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande