दोस्रो चरणको मतदानअघि सयकड़ौं बसहरू चुनाउ ड्यूटीमा, यात्रीहरूलाई समस्या
दोस्रो चरणको मतदानअघि सयकड़ौं बसहरू चुनाउ ड्यूटीमा, यात्रीहरूलाई समस्या


मेदिनीपुर, 27 अप्रेल (हि.स.)। दोस्रो चरणको मतदानका तयारीहरूबीच पश्चिम मेदिनीपुर जिल्लामा यात्रीहरूलाई फेरि बसको अभाव हुनसक्छ। चुनाउ ड्यूटीको लागि प्रशासनले ठूलो सङ्ख्यामा यात्रु बसहरूलाई आफ्नो नियन्त्रणमा लिएको छ जसबाट सर्वसाधारण मानिसहरूको समस्या बढ़्ने आशङ्का छ।

प्रशासनिक सूत्र अनुसार गए आइतवार साँझसम्ममा जिल्लाबाट लगभग 650 वटा यात्रु बसहरूलाई चुनाउ कार्यको लागि प्रस्थान गराइसकिएको छ। यी बसहरूलाई मुख्य रूपमा मतदान कर्मी तथा सुरक्षा बलहरूलाई निर्धारित स्थानहरूसम्म पुऱ्याउनको लागि उपयोग गरिनेछ। बसहरूलाई बारासात तथा हुगली जिल्ला तर्फ पठाइएको छ।

पहिलो चरणको मतदान हुँदा पनि बसहरूको अभाव रहेकोले दैनिक यात्रीहरूलाई ठूलो असुविधा भएको थियो भने अब दोस्रो चरणको मतदानअघि फेरि त्यस्तै स्थिति सृजना हुने आशङ्का व्यक्त गरिँदैछ।

बस मालिक र जिल्ला प्रशासन अनुसार मतदान हुन एक दिनअघिदेखि लिएर मतदान सम्पन्न भएको भोलिपल्टसम्म सड़कहरूमा बसहरूको सङ्ख्या धेरै कम रहनेछ। यसले गर्दा विशेष ग्रामीण क्षेत्रहरूका यात्रीहरूलाई सबैभन्दा बढ़ी समस्या हुनसक्छ।

स्थानीय मानिसहरूको भनाइ छ, उपचार, नोकरी वा अन्य आवश्यक काम लिएर बाहिर जाने मानिसहरूलाई वाध्यतावश स-साना निजी वाहनहरूको सहारा लिनु पर्नसक्छ। जिल्लाबाट बारम्बार ठूलो सङ्ख्यामा बसहरूलाई हटाइनाले सामान्य जनजीवन प्रभावित हुने आशङ्का छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande