टीएमसी-भाजपा विवादपछि किल्लामा परिणत भयो मतगणना केन्द्र
टीएमसी-भाजपा विवादपछि किल्लामा परिणत भयो मतगणना केन्द्र


मेदिनीपुर, 27 अप्रेल (हि.स.)। पश्चिम मेदिनीपुरको मेदिनीपुर शहरमा स्ट्रङ्गरूम बाहिर तृणमूल कङ्ग्रेस र भाजपा कार्यकर्ताहरूबीच भएको झड़पपछि सुरक्षाको कड़ा प्रबन्ध गरिएको छ। बितेको दुई दिनअघि राती भएको तनाउपछि आइतवार बिहानदेखिकै मेदिनीपुर कलेज एवं कलेजिएट स्कूल परिसरलाई कड़ा सुरक्षा घेरामा लिइएको छ।

स्ट्रङ्गरूमको सुरक्षाको लागि स्थानीय पुलिसको सट्टामा सशस्त्र केन्द्रिय बलहरूलाई तैनाथ गरिएको छ। साथै मतगणना केन्द्रका सबै प्रवेश मार्गहरूलाई टिनको ब्यारिकेडिङ्ग गरी स्थायी रूपमा घेरा बनाइएको छ।

उल्लेखनीय छ, दुई दिनअघि राती मेदिनीपुर कलेजस्थित मतगणना केन्द्र बाहिर भाजपा र तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूबीच भिड़न्त भएको थियो। भाजपा नेताहरूले ईभीएममा गड़बड़ी भएको आशङ्का व्यक्त गर्दै आरोप लगाएका थिए, स्ट्रङ्गरूम अगाड़ि सुरक्षाको पर्याप्त व्यवस्था छैन। तृणमूल कार्यकर्ताहरूले अवैध रूपमा भित्र जाने प्रयास गरिरहेका छन्।

उपरोक्त आरोप पश्चात चुनाउ आयोगले तुरून्त हस्तक्षेप गर्दै क्षेत्रमा कड़ा निगरानी राख्ने निर्देश दियो साथै सुरक्षा व्यवस्थामा फेरबदल पनि गऱ्यो।

गए आइतवार साँझ भाजपा उम्मेद्वार शङ्कर गुच्छैत आफ्ना सुरक्षा कर्मीहरूको साथमा स्ट्रङ्गरूम क्षेत्रको भ्रमण गर्न पुगे। यस अवधि उनले भने, शुरूबाटै उनले स्ट्रङ्गरूमको सुरक्षाप्रति आयोगलाई सतर्क गराएका थिए। उनको दाबी छ, तृणमूल कार्यकर्ताहरू अवैध रूपमा प्रवेश गर्ने प्रयासलाई भाजपा कार्यकर्ताहरूले रोके। उनले आयोगको वर्तमान कदमहरूमाथि सन्तोष व्यक्त गर्दै जीतप्रति भरोसा व्यक्त गरे। उनले भने, आगामी 4 मईको दिन राज्यमा भाजपाको बढ़त देखिनेछ।

अर्कोतिर आइतवार राती तृणमूल कङ्ग्रेसका उम्मेद्वार सुजय हाजराले भाजपाका आरोपहरूलाई खारेज गर्दै भने, मेदिनीपुर शहर तथा जिल्लामा सुनियोजित ढङ्गमा साम्प्रदायिक तनाउ फैलाउने चेष्टा गरिएको थियो जसलाई उनको पार्टीले विफल बनाइदियो। उनले दाबी गरे, आगामी चार तारिकको दिन जीतपछि प्रेस कन्फ्रेन्स आयोजना गरी सम्पूर्ण मामिलाको प्रमाण सामु राखिनेछ। उनले भने, राज्यको सत्ता ममता ब्यनर्जीको नेतृत्वमै बन्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande