आइजोल एएमसी चुनाउको मतगणना जारी
आइजोल एएमसी चुनाउको मतगणना जारी


आइजोल (मिजोरम), 27 अप्रेल (हि.स.)। मिजोरमको राजधानी आइजोलस्थित 19 सदस्यीय आइजोल नगरनिगम (एएमसी)-को चुनाउको मतगणना सोमवार बिहानदेखि शुरू भयो जुन शान्तिपूर्ण ढङ्गमा अगाड़ि बढ़िरहेको छ। शुरूआती परिणाम अनुसार सत्ताधारी ज़ोरम पीपुल्स मूभमेन्ट (जेडपीएम) पाँच वटा वार्डहरूमा अगाड़ि रहेको छ।

मिजोरमका प्रदेश चुनाउ आयुक्त एच. लालथलाङ्गलियाना अनुसार मतगणना बिहान 8 बजेदेखि आइजोलको डिप्टी कमिश्नर कार्यालयमा शुरू भयो। गणनाको प्रारम्भिक चरणको आधारमा जेडपीएमका उम्मेद्वारहरू पाँच वटा वार्डहरूमा अगाड़ि छन्। अन्तिम सूचनासम्ममा अन्य वार्डहरूको परिणाम पनि स्पष्ट हुनेछ।

गत 21 अप्रेलमा सम्पन्न भएको एएमसी चुनाउमा 62.77 प्रतिशत मतदान दर्ता गरिएको छ। यस चुनावी पक्रियामाा 2.39 लाख योग्य मतदाताहरूले भाग लिएका थिए। नगरनिगम चुनाउको निम्ति 68 जना उम्मेद्वारहरू मैदाना उत्रेका थिए जसमा 28 जना महिलाहरू सामेल थिए। जोरम पीपुल्स मूभमेन्ट (जेडपीएम), मिजो नेशनल फ्रन्ट (एमएनएफ) र कङ्ग्रेसले 19-19 जना उम्मेद्वारहरूलाई मैदानमा उतारेको थियो भने भारतीय जनता पार्टी (भाजपा)-का 11 जना उम्मेद्वारहरू मैदानमा थिए।

आजको मतगणनाको परिणामले यो स्पष्ट पार्नेछ कि नगरनिगममा कसको अधिकार हुनेछ। यसअघि वर्ष 2021- को नगरनिगम चुनाउमा जीत हासिल गरेपछि नगरनिगम मिजो नेशनल फ्रन्ट (एमएनएफ)- को नियन्त्रणमा थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande