गुवाहाटीमा नवविवाहिताको हत्या,ले सन्त्राष व्याप्त
गुवाहाटीमा नवविवाहिताको हत्या,ले सन्त्राष व्याप्त


गुवाहाटी, 27 अप्रेल (हि.स.)। गुवाहाटीको उदालाबक्रा क्षेत्रमा नवविवाहिताको संदिग्ध परिस्थितिमा मृत्यु भएको मामिला सामु आएको छ। यस घटनापछि सम्पूर्ण क्षेत्रमा व्यापक रूपमा सन्त्राष फैलिएको छ। आरोप छ, पतिले आफ्नी पत्नीलाई विष खुवाएर उसको हत्या गरिदियो।

मृतकाको पहिचान श्रुति रायको रूपमा भएको छ। भनिन्छ, उसको पति रूपक सेनले कथित रूपमा उसलाई विष खुवायो जसले गर्दा उसको मृत्यु भयो। यस घटनापछि क्षेत्रमा भय अनि चिन्ताको माहोल उत्पन्न भएको छ।

जानकारी अनुसार यी दुईको विवाह चार महिनाअघि मात्र भएको थियो। अचानक भएको यस घटनाले स्थानीय मानिसहरू स्तब्ध भएका छन्।

पुलिसले आरोपी पति रूपक सेनलाई पक्राउ गरी मामिलाको जाँच शुरू गरेको छ। रूपकले मीडियासितको बातचितमा आफूले पत्नीको हत्या गरेको कुरालाई अस्वीकार गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande