
इम्फाल, 27 अप्रेल (हि.स.)। मणिपुर पुलिसले काङ्गपोकपी जिल्लाको डैली गाउँमा अवस्थित एक टायर वर्कशपलाई जलाउने प्रयास गरेको मामिलामा तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ।
पुलिस प्रवक्ताले सोमवार उक्त आशयको जानकारी गराउँदै भने, यो कारबाही काङ्गपोकपी थानामा दर्ता एक प्राथमिकीको आधारमा गरिएको अनुसन्धानपछि गरिएको हो। पक्रा पर्ने आरोपीहरूको पहिचान मङ्गमिनहाओ लोटजेम, साटगौलाल सिटलहौ र सेइगुनलाल लाङ्गहलको रूपमा भएको छ।
पुलिस अनुसार यी तीनै आरोपीहरू उक्त वर्कशपलाई जलाउने षड़यन्त्रमा सामेल थिए। मामिलाको विस्तृत जाँच भइरहेको छ। साथै अन्य सम्भावित पक्षहरूको पनि जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा