पत्रकार अर्पण गुरुङ पितृ शोकमा
पत्रकार अर्पण गुरुङ पितृ शोकमा


खरसाङ, 27 अप्रेल (हि.स.)। खरसाङका पत्रकार एवं प्रेस क्लब अफ् खरसाङका कोषाध्यक्ष अर्पण गुरुङ पितृ शोकमा परेका छन्। नमस्ते खरसाङ च्यानलका पत्रकार गुरुङका पिता श्यामकुमार गुरुङ (मुन्ना गुरुङ) को आइतवार साँझ निधन 66 वर्षको उमेरमा भएको छ। खरसाङको वार्ड नम्बर 19 स्थित क्याम्प साइड निवासी श्यामकुमार गुरुङको ह्रदयघातका करण निधन भएको थाहा लागेको छ।

स्वर्गीय गुरुङले आफुपछि आमा, पत्नी, छोरा-छोरी, दाजु-भाईहरु र शाखा सन्तानहरु छोडिगएका छन्। उनको 2017 मा हार्ट सर्जरी पनि भएको बताइएको छ। उनको अन्तिम संस्कार मंगलवार दिउँसो गरिने पारिवारिक सूत्रले बताएको छ।

प्रेस क्लब अफ् खरसाङले संस्थाका संयोजक निर्मल गुरुङको दाजु अनि कोषाध्यक्ष अर्पण गुरुङको स्वर्गीय पिताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो शोक समवेदना प्रकट गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande