सिक्किमवासीहरू प्रधानमन्त्री मोदीलाई स्वागत गर्न उत्साहित
सिक्किमवासीहरू प्रधानमन्त्री मोदीलाई स्वागत गर्न उत्साहित


गान्तोक, 27 अप्रेल (हि.स.)। भारत देशको २२औं राज्यको रूपमा ५० वर्ष पूरा भएको महत्वपूर्ण अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न राजधानीमा उत्सवको माहोल देखिएको छ। प्रधानमन्त्री दिउॅंसो तीन बजी सिक्किम आइपुग्ने कार्यक्रम रहेको छ। उनी यहॉं एक रोड शोमा सहभागी बन्नेछन्।

समृद्ध सांस्कृतिक सम्पदा र एकताको प्रदर्शन गर्दै राज्यका विविध समुदायहरूका प्रतिनिधिहरू आआफ्नो परम्परागत पोशाकमा सजिएर बसेका छन्। विद्यार्थीहरू, स्थानीय बासिन्दाहरू र सांस्कृतिक समूहहरू सबै उत्साहका साथ एकसाथ लाइनमा उभिएका छन्। राज्यका सबै जिल्लाका शैक्षिक संस्थानहरू, सामुदायिक संस्थाहरू र नागरिकहरू उत्सवको हिस्सा बन्न एकसाथ आएका छन्, जसले गर्दा यो अवसर समावेशी र अविस्मरणीय दुवै बनेको छ।

स्वर्ण जयन्ती समारोह सिक्किमको यात्राको एक महत्वपूर्ण अध्याय हो, जसले भारत संघसँगको पाँच दशकको प्रगति, एकता र साझेदारीको सम्झना गर्दछ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande