प्रधानमन्त्री मोदी सडक मार्ग भएर पनि सिक्किम आउनेछन्: मुख्यमन्त्री
प्रधानमन्त्रीलाई स्वागत जनाउन बसेका मानिसहरू।


गान्तोक, 27 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी हेलीकप्टरमा सम्भव भएन भने राष्ट्रिय राजमार्ग 10 भएरै भए पनि सिक्किममा आउने जानकारी गराएका छन्। राजधानीमा प्रधानमन्त्री मोदीलाई स्वागत जनाउन प्रतीक्षामा बसेका राज्यवासीहरूलाई सम्बोधित गर्दै मुख्यमन्त्रीले यसो भनेका हुन्।

प्रधानमन्त्री नरेन्द्र मोदी आज दुई दिवसीय भ्रमणमा सिक्किम आइरहेका छन्। उनी दिउॅंसो तीन बजी राजधानी छेउ लिभिङस्थित सेनाको हेलीप्याडमा अवतरण गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीलाई स्वागत जनाउन राज्यभरिबाट ​मानिसहरू राजधानीमा एकत्रित भएका छन्। बिहानदेखि लामबद्ध भएर बसेका जनतासॅंग भेट गरेर मुख्यमन्त्रीले उनीहरूको हौसला बढाएका छन्।

मुख्यमन्त्री तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय भ्रमणमा आज सिक्किम आइपुग्ने जानकारी गराए। उनले प्रधानमन्त्रीको निर्धारित कार्यक्रम दिउॅंसो तीन बजी हेलीकप्टरमा आइपुग्ने रहेको अवगत गराए। यदि प्रधानमन्त्री हेलीकप्टरमा आउन सम्भव नभए उनी सिक्किमवासीहरूका लागि राष्ट्रिय राजमार्ग 10 भएर आउने जानकारी गराए। उनले सडक मार्ग भएर सिक्किम आउने उनी पहिलो प्रधामन्त्री हुने बताए।

मुख्यमन्त्रीले यदि प्रधानमन्त्री सडक मार्ग भएर आएको खण्डमा राति 6:30 बजी गान्तोक आइपुग्ने पनि बताए। उनले प्रधानमन्त्रीको प्रतीक्षामा बसेका मानिसहरूलाई प्रधानमन्त्रीको स्वागतका लागि जोशका साथ बसिदिन आह्वान गरे। तर, यदि प्रधानमन्त्री हेलीकप्टरमा आएको खण्डमा दिउॅंसो तीन बजी यहॉं आइपुग्ने बताए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande