पश्चिम बंगाल विधानसभा चुनाउको अन्तिम चरण आज, सात जिल्लाका १४२ सिटमा अभूतपूर्व सुरक्षाबीच मतदान शुरु
प्रतीकात्मक


कोलकाता, २९ अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा निर्वाचनको दोस्रो तथा अन्तिम चरणका लागि आज सात जिल्लाका १४२ सिटमा बिहान ७ बजीदेखि मतदान शुरु भयो। यसका लागि अभूतपूर्व सुरक्षा व्यवस्था गरिएको छ।

भारत मौसम विज्ञान विभागले आज मतदान हुने सबै जिल्लामा आँधी-तूफानसहित वर्षा हुने पूर्वानुमान गरेको छ। तथापि, निर्वाचन आयोगले दोस्रो चरणमा मतदान प्रतिशत अझ बढ्नेछ र नयाँ रेकर्ड कायम हुने विश्वास व्यक्त गरेको छ। यसअघि २३ अप्रेलमा पहिलो चरणअन्तर्गत १६ जिल्लाका १५२ सिटमा शान्तिपूर्ण रूपमा ९३.१९ प्रतिशतको रेकर्ड मतदान भएको थियो, जसमा अधिकांश जिल्ला उत्तर बंगालका थिए।

आज दक्षिण बंगालका सात जिल्लामा मतदान हुँदैछ। यी जिल्लाहरू हुन्, कोलकाता, हावड़ा, उत्तर २४ परगना, दक्षिण २४ परगना, हुगली, नदिया र पूर्व बर्धमान। आयोगले यी जिल्लामा शान्तिपूर्ण मतदान गराउन कडा सुरक्षा व्यवस्था गरिएको जनाएको छ। केन्द्रिय बलका २,२३१ कम्पनी अर्थात् दुई लाखभन्दा बढी जवान तैनाथ गरिएको छ। साथै करिब ४० हजार पुलिषकर्मी पनि परिचालन गरिएको छ। कोलकातामा सबैभन्दा बढी २७३ कम्पनी तैनाथ गरिएको छ।

पहिलो चरणमा मतदान केन्द्रभित्र र बाहिर सीसीटीभी जडान गरिएको थियो। अन्तिम चरणमा सुरक्षा अझ कडा पार्दै बूथसम्म जाने बाटोहरूमा पनि सीसीटीभी जडान गरिएको छ। ड्रोनमार्फत पनि निगरानी गरिएको छ। यस चरणमा पुलिस पर्यवेक्षकको संख्या ८४ बाट बढाएर ९५ पुर्याइएको छ। अन्तिम चरणमा सबैको ध्यान कोलकाताको भवानीपुर सिटमा केन्द्रित रहनेछ। यहाँ मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता ब्यानर्जीलाई बंगाल विधानसभा विपक्षी नेता शुभेन्दु अधिकारीले चुनौती दिइरहेका छन्। उनी नन्दीग्रामबाट पनि चुनाउ लडिरहेका छन्, जहाँ पहिलो चरणमा मतदान भइसकेको छ।

दोस्रो तथा अन्तिम चरणमा कुल १,४४८ उम्मेदवार रहेका छन्। यीमध्ये फिरहाद हकीम, अरूप विश्वास, जावेद खान, सुजीत बसु, शशि पांजा लगायत ममता सरकारका धेरै मन्त्री, बंगाल कांग्रेस अध्यक्ष शुभंकर सरकार, माकपाकी नेतृ मीनाक्षी मुखर्जी र दीप्शिता धर समावेश छन्। आरजी कर अस्पतालमा बलात्कार र हत्या भएकी चिकित्सककी आमा तथा सन्देशखाली आन्दोलनको अनुहार रेखा पात्र पनि उम्मेदवार छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande