
कोलकाता, २९ अप्रेल (हि.स.)। महुआ मोइत्रा विरुद्ध दिल्लीको मन्दिर मार्ग साइबर थानामा लिखित उजुरी दर्ता गरिएको छ। उजुरीमा उनले सामाजिक सञ्जालमा एउटा कथित फेक भिडियो साझा गरेर आईपीएस अधिकारी अजय पाल शर्माको छवि बिगार्ने प्रयास गरेको आरोप लगाइएको छ।
उजुरीकर्ता अभिषेक दुबे का अनुसार, उक्त भिडियो सम्भवतः कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर तयार गरिएको हो। यसको उद्देश्य भ्रामक सूचना फैलाउनु र चुनावी वातावरणलाई प्रभावित पार्नु हुन सक्ने बताइएको छ। दुबेले सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्मलाई उक्त भिडियो हटाउन पनि अनुरोध गरेका छन्।
तृणमूल कांग्रेस तथा सांसद महुआ मोइत्राको तर्फबाट हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी