
कछार (असम), 03 अप्रेल (हि.स.)। सिलचरमा प्रचुर मात्रामा हेेरोइनसितै एकजना तस्करलाई गए अबेर साँझ पक्राउ गरियो। आधिकारिक सूत्रले शुक्रवार बतायो, विश्वसनीय सूचनाको आधारमा सिलचर थाना पुलिसको एक टीमले मादक पदार्थ विरोधी छापामारी अभियान संचालन गरी लगभग 31 लाख रुपियाँंको संदिग्ध हेरोइन जफत गरेको छ।
अभियान अवधि पुलिसले पाँच वटा साबुनदानीमा लुकाएरे राखिएको 61 ग्राम संदिग्ध हेरोइनलाई अबुल हुसैन चौधरीको कब्जाबाट जफत गऱ्यो। आरोपी अबुल अलुदिंग चौधरीको पुत्र तथा सिलचर थाना क्षेत्रको कनकपुर पार्ट-2 निवासी रहेको बताइएको छ जसलाई भाड़ाको घरबाट पक्राउ गरिएको हो। पुलिस अधिकारीहरू अनुसार क्षेत्रमा नशाको व्यापारमाथि लगाम कस्नको लागि अभियान जारी छ। यस सम्बन्धमा आवश्यक कानूनी कारबाही शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा