कालियाचक मामिलाका आरोपी मोफक्केरुल बागडोगरा एयरपोर्टबाट पक्राउ
कालियाचक मामिलाका आरोपी मोफक्केरुल बागडोगरा एयरपोर्टबाट पक्राउ


सिलगढ़ी, 3 अप्रेल (हि.स.)। पश्चिम बंगालको मालदा जिल्लास्थित कालियाचकमा सातजना न्यायिक अधिकारीहरूलाई नौ घण्टासम्म बन्दक बनाएर राखेको घटनाका आरोपीलाई पक्राउ गरिएको छ। आरोपीको खोजीमा पुलिस अनि केन्द्रिय एजेन्सीहरूले गहन खोजी अभियान संचालन गरिरहेका थिए। यसै क्रममा शुक्रवार बिहान गुप्त सूचनाको आधारमा बागडोगरा एयरपोर्टमा सीआईडी र स्थानीय पुलिसले छापा मारेर मामिलाका मुख्य आरोपी पेशाले वकिल मोफक्केरुल इस्लामलाई पक्राउ गऱ्यो।

पुलिस अनुसार मोफक्केरुल इस्लाम कोलकातादेखि बागडोगरा आएपछि अलिपुरद्वार जाने तयारीमा थिए। पहिलाबाटै प्राप्त सूचनाको आधारमा एयरपोर्टमा सादा वर्दीमा तैनाथ पुलिसले विमानबाट उत्रिनसाथ उसलाई हिरासतमा लियो।

हाल उसलाई बागडोगरा थानामा राखिएको छ भने ट्रान्जिट रिमाण्डमा मालदा लैजाने प्रक्रिया चलिरहेको छ। पक्राउपछि आरोपीले आफूमाथि लगाइएका आरोपहरूलाई खारेज गर्दै भन्यो, आफू एकजना वकिलको रूपमा केसको सिलसिलामा गइरहेको थियो।

उसले भन्यो, आन्दोलनलाई आफ्नो नैतिक समर्थन थियो, तर न्यायिक अधिकारीहरूलाई घेर्ने घटनामा उसको कुनै हात छैन।

यस मामिलामा अब राष्ट्रिय जाँच एजेन्सी (एनआईए) पनि सक्रिय भएको छ। सुप्रीम कोर्टको निर्देशपछि एनआईएको टीमले मालदा पुगेर जाँच गर्नेछ, यो सम्पूर्ण घटना कुनै षड़यन्त्रको भाग थियो कि थिएन।

आरोपीको मोबाइल र बयानको आधारमा सम्पूर्ण मामिलाको मास्टरमाइण्डलाई खोजिनेछ।

स्मरण गराइन्छ, मोफक्केरुल इस्लामलाई पहिला पनि कालियाचकमा एक भीड़ सामु भाषण दिँदै गरेको देखिएको थियो जसलाई कथित रूपमा भड़्काउ मानियो। आरोप छ, त्यसपछि भीड़ले सातजना न्यायिक अधिकारीहरूलाई घेरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande