मुस्लिम मतदाताहरू एआईयूडीएफको पक्षमा एकजुट हुनेछन्ः असदुद्दीन अवैसी
मुस्लिम मतदाताहरू एआईयूडीएफको पक्षमा एकजुट हुनेछन्ः असदुद्दीन अवैसी


गुवाहाटी, 03 अप्रेल (हि.स.)। एआईएमआईएमका अध्यक्ष असदुद्दीन ओवैसी अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ) को समर्थनमा असम विधानसभा चुनाउको प्रचार अभियान संचालन गर्नका लागि असम आइपुगेका छन्। ओवैसीले आज दोस्रो दिन बराक उपत्याकामा चुनाउ अभियानमा भाग लिएर एआईयूडीएफको समर्थनमा मतदाताहरूसित एकजुट हुने आह्वान गर्नेछन्।

ज्ञात रहोस्, ओवैसी गए बिहीवार असम आइपुगेका थिए। यस अवधि तल्लो असमको बरपेटा, धुबड़ी आदि जिल्लाहरूमा रातीसम्म धुँवाधार चुनाउ प्रचार गर्दै दाबी गरे, असमका मुस्लिम मतदाताहरूले आगामी 9 अप्रेलमा हुने विधानसभा चुनाउमा एआईयूडीएपको पक्षमा एकजुट भएर भोट दिनेछन्।

यसबीच एक जनसभालाई सम्बोधन गर्दै ओवैसीले एआईयूडीएफ प्रमुख बदरुद्दीन अजमल र उनको पार्टीका उम्मेद्वारहरूको पक्षमा भोटको अपील गर। उनले यस क्षेत्रीय पार्टीलाई राज्यको राजनीतिक परिदृश्यमा एक निर्णायक शक्तिको रूपमा पेश गरे। उनले भने, मुसलमानहरूले एकजुट भएर भोट दिनेछन् फलस्वरूप बदरुद्दीन अजमलका 29 जनै उम्मेद्वारहरूको जीत हुनेछ। असमको राजनीतिको फसेला एआईयूडीएफले नै गर्नेछ।

ओवैसीले सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)-माथि घृणाको राजनीति गरेको आरोप लगाए भने यस मुद्दामा मौन बसेकोमा कंग्रेसको आलोचना गरे। उनले तर्क दिए, यस्तो राजनीतिक माहोलले अल्पसंख्यक समुदायहरूबीच एआईयूडीएफको लागि समर्थनलाई अझ सशक्त बनाएको छ।

राज्य सरकारद्वारा संचालित बेदखली अभियानलाई लिएर चिन्ता व्यक्त गर्दै ओवैसीले यस कारबाहीलाई पूर्ण रूपले असंवैधानिक बताए। उनले भने, अजमलले यस मामिलामा सुप्रीम कोर्टको ढोका ढक्ढकाएका थिए। सुप्रीम कोर्टले आदेश दिएको थियो, यदि यो वन भूमि हो भने अन्य कुनै जमीन दिइयोस्। अन्यथा उनीहरूलाई त्यहाँबाट नहटाइयोस्। उनले आरोप लगाए, लगभग 50 हजार मानिसहरूलाई बेदखल गरिएको छ। यसलाई मात्र घृणाको कारणले गरिएको ठूलो अन्याय र मानवाधिकारको उल्लंघन बताए।

उनले भने, असममा अल्पसंख्यक समुदायहरूलाई लामो समयदेकिकै चुनौतीहरूको सामना गर्न परिरहेको छ। उनीहरूको अधिकार तथा सुरक्षाको लागि पर्याप्त सुरक्षा उपाय छैन। उनले भने, म एक विशेष उद्देश्यले असम आएको हुँ। म असमका 'मियाँ मुसलमान'-हरूको अधिकार र उनीहरूको सुरक्षाको लागि आवाज उठाउनको लागि आएको हुँ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande