
गुवाहाटी, 03 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउको पृष्ठभूमिमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार दाबी गरे, बराक उपत्याकामा भारतीय जनता पार्टी (भाजपा)-ले 9-11 वटा सीट हासिल गर्नेछ। मुख्यमन्त्रीले सञ्चारकर्मीहरूसित बातचित गर्दै बराक उपत्याकालाई एक प्रमुख चुनावी रणक्षेत्रको रूपमा रेखांकित गरे जहाँ पार्टीलाई महत्वपूर्ण लाभ हासिल हुने आशा छ। उनले दाबी गरे, पार्टीको संगठनात्मक शक्ति र धरातलीय स्तरमा लगातार पहुँचले मतदाताहरूमाझ आफ्नो छाप छोड़ेको छ। उनले विशेष रूपमा हैलाकांडीलाई लिएर विश्वास व्यक्त गरे, भाजपा यस निर्वाचन क्षेत्रलाई जित्नेप्रति सय प्रतिशत आश्वस्त छ।
अल्गापुरको बारेमा मुख्यमन्त्रीले भने, जनताबीच धेरै चर्चा भइरहेको छ, तर उनले यो पनि भने, चुनावी परिणाम अन्ततः पार्टीको धरातलीय प्रदर्शनलाई नै दर्शाउनेछ।
विपक्षलाई लक्षित गर्दै मुख्यमन्त्रीले विपक्षको चुनाउ प्रचारमाथि प्रश्न तेर्साए। उनले असम प्रदेश कंग्रेसका अध्यक्ष गौरव गोगोई जस्ता नेताहरूको उल्लेख गर्दै प्रश्न राखे, उनले कति जनसभाहरू गरिसकेका छन्? भाजपा बढ़ाएर प्रचार गर्नदेखि बच्दै आएको छ यसको सट्टा अधिकभन्दा अधिक सभाहरू आयोजन गर्ने अनि मतदाताहरूसित सोझै जोड़िनेमाथि ध्यानकेन्द्रित गरिरहेको छ।
पार्टीको व्यापक सम्भावनाहरूमाथि आफ्नो विश्वासलाई दोहोऱ्याउँदै डा. सरमाले सम्पूर्ण असममा 90-100 सीटमा विजय हुने अनुमान व्यक्त गरे साथै भाजपाको समग्र चुनावी रणनीतिमा बराक उपत्याकाको महत्वपूर्ण भूमिकालाई रेखांकित गरे।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा