
शोणितपुर (असम), 03 अप्रेल (हि.स.)। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु शुक्रवार शोणितपुर जिल्लाको ढेकियाजुलीमा भारतीय जनता युवा मोर्चा (भाजयुमो)- द्वारा आयोजित 'युवाले नै नेतृत्व गर्नेछ' कार्यक्रममा सामेल भए जहाँ ठूलो संख्यामा युवा मतदाताहरू उपस्थित थिए।
ज्ञात रहोस्, ढेकियाजुली विधानसभा क्षेत्रमा केन्द्रिय गृहमन्त्री अमित शाहले पनि हालैमा चुनाउ प्रचार अभियानमा भाग लिएका थिए। यस कार्यक्रममा 65 नम्बर ढेकियाजुली विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार अशोक सिंघल पनि सामेल भए जसले पहिलो पटक भोट दिन गइरहेका मतदाताहरू तथा त्यस क्षेत्रका युवाहरूसित बातचित गरे।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री खाण्डुले देशको भविष्य बनाउनमा युवाहरूको महत्वपूर्ण भूमिकामाथि बल दिए। उनले भने, युवाहरूको ऊर्जा र सोंचले भारतको विकासमा अहम भूमिका निर्वाह गर्नेछ। उनले युवाहरूलाई जिम्मेवारी लिन र लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा योगदान दिनका लागि प्रोत्साहित गरे।
यो कार्यक्रम युवा सोंच भएका मानिसहरूसित बातचित गर्ने एउटा मञ्च नै बन्यो जहाँ नेताहरूले यसमाथि बल दिए, “युवा शक्ति” -को शक्ति देशलाई अगाड़ि बढ़ाउनमा निर्णायक साबित हुनेछ। ज्ञात रहोस्, पेमा खाण्डुले असम विधानसभा चुनाउमा उम्मेद्वारिता गरिरहेका भाजपा उम्मेद्वारहरूको समर्थनमा आयोजित धेरै वटा चुनावी सभाहरूलाई सम्बोधन गरिसकेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा