ट्रेनभित्र छह वर्षीया नानीको हत्यामा पिता पक्राउ
ट्रेनभित्र छह वर्षीया नानीको हत्यामा पिता पक्राउ


लखीमपुर, 03 अप्रेल (हि.स.)। असमको लखीमपुर जिल्लान्तर्गत सिलानिबारी स्टेशनमा एउटा ट्रेनभित्र शुक्रवार छह वर्षीया बालिकाको उसको पिताले हत्या गऱ्यो। रेलवे सुरक्षा बल र सरकारी रेलवे पुलिसले आरोपीलाई पक्राउ गरेको छ।

घटना बिहान 9.15 बजीतिर 15813 डेकारगाउँ-मुरकोङसेलेक एक्सप्रेसको जनरल कोचभित्र भएको थियो। घटना लगत्तै रेलवे सुरक्षा बल र सरकारी रेलवे पुलिसका कर्मीहरूले घटनास्थलमा पुगेर आरोपीलाई हिरासतमा लिएका थिए।

प्रत्यक्षदर्शीको बयान रेकर्ड गरेपछि र आवश्यक औपचारिकता पूरा गरेपछि रेल बिहान 10.58 बजी सिलानीबारीबाट प्रस्थान गरेको थियो। हत्याको कारण थाहा हुन सकेको छैन। अभियुक्त र बालिकाको शव थप कानूनी कारबाहीको लागि जीआरपीलाई हस्तान्तरण गरिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande