
पश्चिम मेदिनीपुर, 03 अप्रेल (हि.स.)। अहिलेघरि चुनाउ आचार संहिता लागू भएको समय आबकारी विभागलाई ठूलो सफलता हात परेको छ। गए बिहीवार अबेर राती बेलदा थाना क्षेत्रको बाखराबादस्थित जगतपुर क्षेत्रमा विशेष अभियान संचालन गरी एउटा निजी कारबाट प्रचुर मात्रामा अवैध देशी रक्सी जफत गरियो।
नारायणगढ़ आबकारी विभागको सूत्र अनुसार गुप्त सूचनाको आधारमा यो कारबाही गरिएको हो। सूचना पाएर आबकारी पुलिसको एक टीमले बाखराबाद क्षेत्रमा धराप थाप्यो। यसै अवधि सांकराइलदेखि खालिना तर्फ गइरहेको एउटा चार चक्के वाहनलाई रोकेर जाँच गरियो। जाँचमा पछिल्लो सीट र डिक्कीमा राखिएको 220 लीटर देसी मदिरा भेटियो जसलाई टीमले जफत गऱ्यो।
प्राथमिक जाँचमा थाहा लागे अनुसार झाड़ग्राम जिल्लाको सांकराइल क्षेत्रबाट यस अवैध मदिरालाई बिक्री गर्ने उद्देश्यले ल्याइँदैथ्यो। तर पुलिस उपस्थित रहेको आभास हुनसाथ वाहन चालक र त्यसमा सवार तस्कर घटनास्थलबाट भागे।
आबकारी पुलिसले वाहनलाई जफत गरी आफ्नो कब्जामा लिएको छ। यस मामिलामा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। भगौड़ा आरोपीहरूको जाँच शुरू गरिएको छ भने यस तस्करी गिरोहसित जोड़िएका अन्य मानिसहरूको बारेमा पनि पत्तो लगाइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा