
हुगली, 03 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 अन्तर्गत डानकुनीमा शुक्रवार भाजपा उम्मेद्वार देवाशिष मुखर्जीले जनसम्पर्क अभियान संचालन गरे जहाँ उनलाई स्थानीय मानिसहरूको भरमग्दुर समर्थन र आशीर्वाद प्राप्त भयो। ठूलो संख्यामा मानिसहरूले उनलाई स्वागत गर्दै आशीर्वाद दिए।
प्रचारको क्रममा देवाशिष मुखर्जीले चण्डीतला अस्प्तालको आधुनिकीकरणमा भइरहेको ढिल्याईको निम्ति सत्तादारी दललाई लक्षित गरे। उनले भने, पछिल्लो 15 वर्षभित्रमा पनि अस्पतालको विकास नहुनुले शासनको विफलतालााई दर्शाउँछ। उनले जनतालाई श्रेष्ठ सुविधाहरू दिने वाचार गर्दै यो पनि भने, “काम गर्न जान्नुपर्छ।”
देवाशिष मुखर्जीले आफ्नो भाइस चेयरम्यान कालको उल्लेख गर्दै दाबी गरे, उनले त्यसताक मानिसहरूको हितमा धेरै वटा काम गरेका थिए। साथै उनले विरोधीहरूमाथि हमला गर्दै भने, “डरछेरुवा काउन्सिलर”-हरूको आलोचनाबाट उनलाई केही फरक पर्दैन।
उनी पैदलै घर-घरमा पुगे अनि मानिसहरूसित प्रत्यक्ष कुराकानी गरे। उनले भरोसा दिलाए, जितेपछि मानिसहरूसम्म सेवा पुऱ्याउनका लागि उनले लगातार काम गर्नेछन्। ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा