सम्पत्ति कब्जा मामिलामा तृणमूल प्रत्याशी देवाशिष कुमारलाई ईडीले फेरि पठायो समन
सम्पत्ति कब्जा मामिलामा तृणमूल प्रत्याशी देवाशिष कुमारलाई ईडीले फेरि पठायो समन


कोलकाता, 03 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउपूर्व प्रवर्तन निदेशालय (ईडी)-ले रासबिहारी विधानसभा क्षेत्रबाट तृणमूल कंग्रेसका प्रत्याशी औ निवर्तमान विधायक देवाशिष कुमारलाई जमीन कब्जासित सम्बन्धित मामिलामा एकपटक फेरि समन जारी गरेको छ। शुक्रवार बिहान उनी लगभग 11:30 बजेभन्दा अगावै सीजीओ कम्प्लेक्सस्थित ईडी कार्यालयमा पुगे। यसपूर्व पनि गत सोमवार उनलाई यसै मामिलामा जाँचबुझको लागि बोलाइएको थियो।

सूत्र अनुसार पछिल्लो पटक देवाशिष कुमारसित केही घण्टासम्म जाँचबुझ गरिएको थियो। चुनाउअघि यस किसिमको कारबाहीबाट सत्तासितन दलमा केही असहजता देखिँदैछ। तथापि देवाशिष कुमारले पहिला नै भनेका थिए, यस समनको चुनाउमाथि कुनै प्रभाव पर्नेछैन। यसलाई लिएर उनी पूर्ण आश्वस्त छन्।

जमीन कब्जा मामिलालाई लिएर पछिल्लो केही दिनदेखिको ईडीको गतिविधि तीव्र भएको छ। यसपूर्व गत शनिवार कोलकाता तथा यस वरिपरीका कतिपय क्षेत्रहरूमा छापामारी गरिएको थियो। एक निजी संस्थाका केही कार्लायहरूमा खोजी अभियान संचालन गरिेको थियो। जानकारी मुताविक जमीन कब्जाको आरोपमा लगभग 16-17 वटा प्राथमिकी दर्ता छन् जसको आधारमा जाँंच भइरहेको छ।

उक्त खोजी अभियानपछि गत सोमवार देवाशिष कुमारलाई जाँचबुझको लागि बोलाइएको थियो। त्यसबेला उनले ईडी कार्यालयबाट बाहिरिँदै गर्दा भनेका थिए, उनलाई एक मामिलामा बोलाइएको थियो, त्यसैले उनी सहयोग गर्न आएका थिए। उनले यो पनि भनेका थिए, आगामी दिनमा पनि बोलाएको खण्डमा उनी उपस्थित हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande