बंगाल : सीईओ कार्यालय बाहिर बबाल, तृणमूलका दुई पार्षद समेत छःविरूद्ध प्राथमिकी
बंगाल : सीईओ कार्यालय बाहिर बबाल, तृणमूलका दुई पार्षद समेत छःविरूद्ध प्राथमिकी


कोलकाता, 03 अप्रेल (हि. स.)। पश्चिम बंगालको मुख्य निर्वाचन पदाधिकारी (सीईओ) कार्यालय बाहिर भएको बबालको मामिलामा छःजना मानिसहरूविरूद्ध प्राथमिकी दर्ता गरिएको छ। पुलिसले शुक्रवार सबेरै यस आशयको जानकारी गरायो। आरोपीहरूमा कोलकाता नगरनिगम (केएमसी)- का तृणमूल कंग्रेसका दुई पार्षद पनि सामेल छन्।

पुलिस अनुसार हेयर स्ट्रीट थानामा वार्ड संख्या 32- का पार्षद शान्तिरञ्जन कुण्डु र वार्ड संख्या 36- का पार्षद सचिन सिंहविरूद्ध मामिला दर्ता गरिएको छ। यस अतिरिक्त मोहम्मद वसिम, मोइदुल, चन्द्रकान्त सिंह र मोहम्मद रिजवान अलीलाई पनि आरोपी बनाइएको छ।

यी सबै आरोपीहरूविरूद्ध गैर-जमानती धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। उनीहरूमाथि अवैध रूपमा भेला भएको तथा सरकारी कर्मचारीहरूको काममा बाधा दिएको आरोप लगाइएको छ।

प्राथमिकी अनुसार गत 31 मार्च र 01 अप्रेलको अबेर राती आरोपीहरू हेयर स्ट्रीट तथा स्ट्र्याण्ड रोड चौरस्तामा अवस्थित निर्वाचन आयोगको कार्यालय सामु अवैध रूपमा भेला भएका थिए। पुलिसले बारम्बार अनुरोध गर्दा पनि उनीहरू त्यहाँबाट गएनन्, सरकारी कामकाजमा बाधा दिरहे।

उनीहरूको भीड़को कारणले सड़क आंशिक रूपमा जाम भयो जसबाट यातायात प्रभावित भयो अनि आम मानिसहरूलाई विभिन्न समस्याको सामना गर्नु पऱ्यो। आरोप छ, यस अवधि राज्यका मुख्य निर्वाचन पदाधिकारी मनोज कुमार अग्रवालविरूद्ध उक्साउने नारा पनि लगाइयो।

पुलिसले प्राथमिकीको आधारमा जाँच शुरू गरेको छ र आरोपीहरूविरूद्ध अग्रिम कारबाही गर्नसक्छ।

भनिन्छ, विवादको शुरुआत मतदाता सूचीमा नयाँ नाम जोड़्नको लागि उपयोग हुने फारम-6 लाई लिएर भएको थियो। गत मंगलवार अपरान्हदेखि यस मुद्दामा तनाउ बढ़ेको थियो।

तृणमूल समर्थकहरूको आरोप थियो, केही मानिसहरू फारम-6 ले भरिएको ब्याग लिएर सीईओ कार्यालयमा प्रवेश गरेका थिए तथा बाहिरका मानिसहरूको नाम मतदाता सूचीमा जोड़्ने प्रयास भइरहेको थियो। यस अवधि भाजपा कार्यकर्ताहरू पनि त्यहाँ पुगे। त्यसपछि दुवै पक्षले नाराबाजी शुरू गऱ्यो।

स्थितिलाई नियन्त्रित गर्नको लागि पुलिसलाई ब्यारिकेडिंग गर्नु पऱ्यो। साथैै केन्द्रिय बलहरूलाई पनि तैनाथ गरियो। घटनापछि बुधवारसम्म तनाउको स्थिति कायम रह्यो। पुलिसले क्षेत्रमा धारा 163- को घेरालाई बढ़ाइदिएको थियो। ममिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande