कांग्रेसले संसदको विशेष सत्रलाई एकतर्फी बतायो
कांग्रेसले संसदको विशेष सत्रलाई एकतर्फी बतायो


नयाँ दिल्ली, 03 अप्रेल (हि.स.)। कांग्रेसले 16-18 अप्रेलसम्म बोलाइएको संसदको विशेष सत्रलाई एकतर्फी निर्णय बताएको छ। कांग्रेसका अनुसार, सरकारले यस विषयमा पार्टी अध्यक्ष मल्लिकार्जुन खरगेसँग पत्राचार गरे पनि त्यो केवल औपचारिकता मात्र जस्तो देखिन्छ, किनकि सरकारले पहिले नै विशेष सत्र बोलाउने निर्णय गरिसकेको थियो।

कांग्रेसका महासचिव (सञ्चार) जयराम रमेशले शुक्रबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय संसदीय कार्यमन्त्री किरेन रिजिजू र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेबीच भएको पत्राचारको विवरण प्रस्तुत गर्दै सरकारको मनसायमाथि प्रश्न उठाए। 16 मार्चमा रिजिजूले खरगेलाई पत्र लेख्दै ‘नारी शक्ति वन्दन अधिनियम’ मा संशोधनका लागि कांग्रेससँग छलफल गर्न इच्छा व्यक्त गरेका थिए। खरगेले सोही दिन जवाफ दिँदै सरकारले सर्वदलीय बैठक बोलाउनुपर्ने र लिखित प्रस्ताव दिनुपर्ने बताएका थिए।

24 मार्चमा विपक्षी दलहरूले पुनः रिजिजूलाई पत्र लेख्दै हाल विभिन्न राज्यहरूमा निर्वाचन तथा आचारसंहिता लागू भएकाले 29 अप्रेलपछि बैठक बोलाउन सुझाउ दिएका थिए। 26 मार्चमा रिजिजूले फेरि खरगेलाई पत्र लेख्दै कांग्रेससँग भेटघाट गरी संविधान संशोधन प्रस्ताव अघि बढाउन आग्रह गरे। त्यसको जवाफमा खरगेले सबै दललाई समेटेर 29 अप्रेलपछि सर्वदलीय बैठक बोलाउनुपर्ने बताए।

16 देखि 26 मार्चसम्म पत्राचार भए पनि भारतीय जनता पार्टीले पहिले नै विशेष सत्र बोलाउने निर्णय गरिसकेको रमेशले आरोप लगाए। अन्ततः रिजिजूले एकतर्फी रूपमा 16, 17 र 18 अप्रेलमा विशेष सत्र बोलाउने निर्णय गरेका हुन्। यसबाट स्पष्ट हुन्छ कि पश्चिम बंगाल र तमिलनाडुमा हुने चुनाउअघि, आचारसंहिताको अवधिमा नै यो सत्र बोलाइएको छ।

रमेशका अनुसार, रिजिजूले आफ्ना पत्रहरूमा केवल ‘नारी शक्ति वन्दन अधिनियम’ को मात्र उल्लेख गरेका थिए, तर अहिले स्पष्ट भएको छ कि विशेष सत्र केवल यसै विषयमा सीमित नभई परिसीमनसँग पनि सम्बन्धित छ। उनले भने, परिसीमनबारे विपक्षीसँग कुनै छलफल गरिएको थिएन। अब यो स्पष्ट भएको छ कि 30 महिनाभित्र नारी शक्ति वन्दन अधिनियममा संशोधन ल्याइनेछ र परिसीमनसम्बन्धी संविधान संशोधन पनि गरिनेछ। यी दुई विषयहरू तीन दिनको विशेष सत्रमा प्रस्तुत गरिनेछन्।

उल्लेखनीय छ, पश्चिम बंगालमा 23 र 29 अप्रेलमा दुई चरणमा तथा तमिलनाडुमा 23 अप्रेलमा एकै चरणमा विधानसभा निर्वाचनका लागि मतदान हुनेछ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande