कालियाचक हिंसा मामिलामा पुलिसले अदालतलाई सुम्पियो विस्तृत रिपोर्ट
कालियाचक हिंसा मामिलामा पुलिसले अदालतलाई सुम्पियो विस्तृत रिपोर्ट


मालदा, 03 अप्रेल (हि.स.)। पश्चिम बंगालको कालियाचकमा भएको हिंसक घटनालाई लिएर पुलिसले अदालतमा आफ्नो विस्तृत रिपोर्ट सुम्पेको छ जसमा केही महत्वपूर्ण तथा अचम्भित पार्ने खुलासाहरू गरिएको छ। रिपोर्ट मुताविक यो घटना अचानक भएको होइन, सुनियोजित ढंगमा परिणाम दिइएको थियो जसमा न्यायिक अधिकारीहरू, पुलिस र केन्द्रिय बलहरूलाई लक्षित गरियो।

मोथाबाड़ी थानाको पुलिसद्वारा शुक्रवार दर्ता रिपोर्टमा भनिएको छ, बीडीओ कार्यालयबाट बाहिरिँदै गरेका न्यायाशीधहरूको जमातमाथि हमला गरियो। हमलाकारीहरूले ब्यारिकेड राखेर उनीहरूलाई रोके अनि ढुङ्गामुड़ा गर्न थाले। यस अवधि न्यायाधीशहरूको जमात मात्र नभएर पुलिस र केन्द्रिय अर्धसैनिक बलहरूको वाहनहरूलाई समेत लक्षित गरियो।

रिपोर्ट अनुसार बचाउको लागि घटनास्थलमा पुगेका केन्द्रिय बलका जवानहरूमाथि पनि हमला गरियो। सीआरपीएफका वाहनहरूको शिशा फुटाइयो, उनीहरूमाथि ढुङ्गामुड़ा गरियो। यस घटनामा एकजना चालक गाइते भए भने सीआरपीएफका एकजना सब-इन्स्पेक्टर र एकजना जवान पनि घाइते भए। समग्रमा तीनजना केन्द्रिय बलका जवानहरू घाइते भएको खुलासा भएको छ।

पुलिसले आफ्नो रिपोर्टमा दाबी गरेको छ, बीडीओ कार्यालय अगाड़ि पहिलाबाटै भीड़ भेला भएको थियो। गए 01 अप्रेलको साँझ लगभग सयजना अज्ञात मानिसहरू त्यहाँ भेला भए अनि सुनियोजित ढंगमा न्यायाधीशहरूमाथि हमला गरे। यस अवधि सड़क अवरूद्ध गरेर लगातार ढुङ्गामुड़ा गरियो।

यस घटनाले धेरै वटा प्रश्नहरू उठाएको छ, विशेष यो प्रश्न- चुनाउपूर्व राज्यमा केन्द्रिय बलहरूको उपस्थिति भए पनि यति धेरै संख्यामा मानिसहरू कसरी भेला भए अनि ह मला गरे?

सम्पूर्ण घटनाक्रमले राज्यको कानून-व्यवस्था र सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande