भाजपा उम्मेदवारको समर्थनमा सांसद राजू बिष्टको प्रचार
भाजपा उम्मेदवारको समर्थनमा सांसद राजू बिष्टको प्रचार


सिलगढ़ी, 03 अप्रेल (हि. स.)। फाँसीदेवा विधानसभा क्षेत्रबाट भाजपा उम्मेदवार दुर्गा मुर्मूको समर्थनमा बिजलिमनी चिया बगानमा दार्जिलिङका सांसद राजू बिष्टले शुक्रवार चिया श्रमिहरूको माझमा पुगेर चुनाउ प्रचार गरे। उनले श्रमिकहरूको नजिकमा पुगेर हात जोड़ी भोट गर्ने अपील गरे। यस अवधि भाजपा उम्मेद्वार दुर्गा मुर्मू पनि उनको साथमा उपस्थित थिइन्।

श्रमिकहरूसित बातचित गर्दै सांसद बिष्टले भने, यदि राज्यमा भाजपाको सरकार गठन भयो भने पश्चिम बंगाल देशको विकास मार्गमा अगाड़ि बढ़्नेछ, तर तृणमूल कंग्रेसको सरकारै आयो भने राज्यको स्थिति बिग्रिन सक्छ। उनले यो पनि भने, असममा

चिया श्रमिकहरूलाई धेरै वटा सुविधाहरू प्राप्त भएको छ, तर पश्चिम बंगालमा श्रमिकहरूलाई पर्याप्त लाभ प्राप्त भएको छैन। उनले आश्वासन दिए, यदि नरेन्द्र मोदीको नेतृत्वमा सरकार गठन भयो भने चिया श्रमिकहरूको ज्याला बढ़ेर 350 रुपियाँ हुनेछ र श्रमिकहरूले आफ्नो जमीनको अधिकार पाउनेछन्। सांसदले यस चुनाउलाई पानी, सड़क तथा नालाको मुद्दा मात्र नभएर “बंगालको अस्तित्वको लड़ाईँ” बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande