चुनाउ 26ः ममता ब्यानर्जीको भाजपामाथि प्रहार, अमित शाहमाथि कटाक्ष
चुनाउ 26ः ममता ब्यानर्जीको भाजपामाथि प्रहार, अमित शाहमाथि कटाक्ष


कोलकाता, 03 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउ- 2026 लाई मध्यनजर गर्दै दक्षिण दिनाजपुर जिल्लाको हरिरामपुरमा आयोजित चुनावी सभामा मुख्यमन्त्री ममता ब्यानर्जीले भारतीय जनता पार्टी (भाजपा) र केन्द्रिय गृहमन्त्री अमितमाथि धारिलो प्रहार गरिन्। शुक्रवार ममताले तृणमूल कंग्रेसका उम्मेद्वारको समर्थनमा जनसभालाई सम्बोधन गरिरहेकी थिइन्।

चुनाउपूर्व राज्यमा 25 दिन बस्ने अमित शाहको घोषणामाथि कटाक्ष गर्दै ममता ब्यानर्जीले भनिन्, उनी 25 दिनको सट्टा 365 दिन नै राज्यमा बसे पनि तृणमूललाई केही फरक पर्नेवाला छैन। उनले भनिन्, मानिसहरूले जति उनको अनुहार देख्छन् उति नै भाजपाको भोट घट्दै जान्छ। मुख्यमन्त्रीले आरोप लगाइन्, उनको अनुहारमा अत्याचार दंगाको छाप देखिन्छ।

मुख्यमन्त्रीले आरोप लगाइन्, भाजपाले सीटहरूको पुनर्विन्यासको माध्यमबाट बंगाललाई विभाजन गर्ने षड़यन्त्र रचिरहेको छ। उनले दाबी गरिन्, बिहार र पश्चिम बंगालका कतिपय भागहरूलाई मिलाएर अलग्गै राज्य बनाउने योजना बनाइरहेको छ। तथापि उनले विश्वास व्यक्त गरिन्, यस वर्ष 2016-को चुनाउमा भाजपालाई पराजयको सामना गर्नु पर्नेछ।

ममता ब्यानर्जीले यो पनि आशंका व्यक्त गरिन्, मतदानको दिन केन्द्रिय बलहरूलाई उपयोग गरी मतदाताहरूलाई मतदान गर्नदेखि रोक्नसक्छ। उनले आफ्नो दलका उम्मेद्वारहरूलाई अति आत्मविश्वासदेखि बच्ने सल्लाह दिइन् भने कार्यकर्ताहरूलाई क्षेत्रमा सतर्क निगरानी राख्ने आग्रह गरिन्। उनले राज्य सरकारका सामाजिक योजनाहरूको उल्लेख गर्द मतदाताहरूसित सतर्क रहने अपील गरिन्।

मालदामा भर्खरै भएको घटनाको उल्लेख गर्दै मुख्यमन्त्रीले भनिन्, यस मामिलाका आरोपीलाई राज्यको आपराधिक जाँच शाखाले पक्राउ गरेको छ। उनले दाबी गरिन्, आरोपी महाराष्ट्रबाट आइरहेको थियो जसले भाजपाको इशारामा अशान्ति फैलाउने षड़यन्त्र गरेको थियो। उनले भनिन्, राष्ट्रिय जाँच एजेन्सी पुग्नअघि नै बागडोगराबाट आरोपीलाई पक्राउ गरिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande