
कोलकाता, 03 अप्रेल (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले शुक्रवार गुड फ्राइडेको उपलक्ष्यमा सोशल मीडिया मञ्च एक्समा देशवासी विशेष गरी इसाई समुदायलाई शुभकामना दिइन्।
उनले आफ्नो सन्देशमा भनिन्, “गुड फ्राइडे प्रायश्चित, प्रार्थना औ त्यागको दिन हो। म आफ्ना सबै इसाई दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई एक शान्तिपूर्ण एवं आशीर्वादले परिपूर्ण दिनको शुभकामना दिन्छु।”
मुख्यमन्त्रीको यो सन्देशले शान्ति, आस्था एवं त्यागका मूल्यहरूलाई दर्शाउँछ जसमा उनले समाजमा सद्भाव तथा एकताको कामना गरेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा