
गान्तोक, 03 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले पूज्य पहाडी माता मन्दिरमा पूजा अर्चना गरेर सिक्किमका जनताको शान्ति, समृद्धि र कल्याणका लागि प्रार्थना गरे।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल पोस्टमा शान्त र आध्यात्मिक रूपमा उत्साहजनक वातावरणबीच आज पूज्य पहाडी माताको मन्दिरमा पवित्र पूजा गर्न पाएकोमा आफूलाई अत्यन्त धन्य महसुस गरेको उल्लेख गरेका छन्। उनले त्यस दिव्य परिवेशमा आफुले सिक्किमका जनताको शान्ति, समृद्धि र कल्याणका लागि हृदयदेखि प्रार्थना अर्पण गरेको बताएका छन्।
मुख्यमन्त्रीले हामी सबैलाई दीगो प्रगति तथा साझा समृद्धिको दिशामा अगाडि बढाउंदै पहाडी माताको कृपालु आशीर्वादले राज्यलाई निरन्तर मार्गदर्शन र संरक्षण गरिरहोस्, सद्भावना कायम राखिरहोस तथा एकता सुदृढ़ बनाओस् भनी कामना गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल