तीनधारेमा हनुमान जयन्ती पालन
हनुमान जयंती


खरसाङ, 03 अप्रेल (हि.स.)। खरसाङ महकुमा अन्तर्गत तीनधारेको गैरी गाउँ क्षेत्रको लामपाते गैरीस्थित हनुमान मन्दिरमा हनुमान जयन्ती पालन गरिएको छ। यस आध्यात्मिक कार्यक्रममा तीनधारे लगायत विभिन्न स्थानहरुबाट आएका भक्तजनको उपस्थिति रहेको थियो।

हनुमान मन्दिर स्थानीय निवासी शंकर प्रधान र अन्य सहयोगीहरुको सक्रियतामा सन् 2015 सा निर्माण गरिएको थियो। यस मन्दिरको आस्था एवं गरिमा निरन्तर रुपमा वढ्दै गएको हुनाले विशेष पूजा अर्चना गर्न भक्तहरू यहाँ मंगलवार र शनिवार आउने गरेका छन्।

गाउँ, समाज एवं विश्व शान्तिको निम्ति संकल्प लिएर गरिएको सो धार्मिक कार्यक्रममा श्री सत्य साई सेवा समिति तीनधारेको भजन मण्डलीले भजन कीर्तन प्रस्तुत गरेको थियो। स्थानीय निवासी रबि सुब्बाले यस धार्मिक कार्यक्रममा सहभागी बन्ने सम्पूर्ण महानुभावहरु एवं भत्तजनप्रति आभार प्रकट गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande