
कोलकाता, 03 अप्रेल (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउको लागि बहरामपुर सीटबाट कंग्रेस प्रत्याशी अधिर रञ्जन चौधरीले गए बिहीवार आफ्नो नामांकन पत्र दर्ता गराए। योसँगसँगै उनको चुनावी हलफनामामा उनको सम्पत्ति, लेनदेन तथा लम्बित मामिलाहरूसित सम्बन्धित केही महत्वपूर्ण जानकारीहरू पनि उजागार भएको छ।
हलफनामा अनुसार अधिर रञ्जन चौधरीसित 94,500 रुपियाँ नगद छ भने उनकी पत्नी अतसी चौधरीसित 7.25 लाख रुपियाँ नगद छ। अधीरका चार वटा ब्यांक खाताहरूमा 6 लाख 42 हजार 611 रुपियाँ जमा छ। यस अतिरिक्त उनीसित 8 लाख 15 हजार 705 रुपियाँको म्यूचुअल फण्ड निवेश, 3 लाख रुपियाँको जीवन बीमा पोलिसी, 22.27 लाख रुपियाँको एउटा कार तथा 27.60 लाख रुपियाँको सुनको आभूषण छ। यसरी उनको मोठ चल सम्पत्ति 48 लाख 40 हजार 602 रुपियाँ रहेको बताइएको छ।
उनकी पत्नी अतसी चौधरीको चल सम्पत्ति 01 कड़ोर 27 लाख 89 हजार 934 रुपियाँ रहेको बताइएको छ जसमा दुुई वटा ब्यांक खातामा जमा राशि, म्यूचुअल फण्ड, जीवन बीमा पोलिसी, 2 लाख 79 हजार रुपियाँको एउटा कार अनि लगभग 01 कड़ोर 74 हजार रुपियाँको आभूषण सामेल छन्।
हलफनामामा यो पनि उल्लेख गरिएको छ, उनको आश्रित सन्तानसित 27 लाख 92 हजार 329 रुपियाँको चल सम्पत्ति छ।
अधिर रञ्जन चौधरीको अचल सम्पत्ति जसमा जमीन, घर र फ्ल्याट सामेल छन्,- को मूल्य 6 कड़ोर 73 लाख 15 हजार 500 रुपियाँ रहेको बताइएको छ भने उनकी पत्नीको अचल सम्पत्ति 4 कड़ोर 32 लाख 28 हजार 500 रुपियाँको छ।
देनदारीको कुरा गर्नु हो भने उनकी पत्नीमाथि 7 लाख 91 हजार रुपियाँको ब्यांक ऋण सहित 24 लाख 62 हजार रुपियाँ देनदारी दर्ता छ।
हलफनामामा यो पनि लेखिएको छ, अधिर रञ्जन चौधरीविरूद्ध तीन वटा आपराधिक मामिला दर्ता छन् ।
शैक्षणिक योग्यताको बारेमा हलफनामामा बताइएको छ, अधिर रञ्जन चौधरीले नवौ कक्षासम्म पढ़ेका छन् तथापि उनलाई लामो समयदेखिकै संसदमा हिन्दी अनि अंग्रेजीमा प्रभावसालई भाषा दिने व्यक्तिको रूपमा चिनिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा