
पूर्व मेदिनीपुर, 03 अप्रेल (हि.स.)। दिघामा चुनावी ड्यूटीमा तैनाथ केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- का एकजना जवानले आफ्नो सर्भिस रिवल्वरले आफैमाथि गोली दगी आत्महत्या गरे। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। शुक्रवार बिहान लगभग 5 बजे दिघा विद्याभवन हाई स्कूल क्याम्पमा यो घटना घटेको हो। मृत जवानको पहिचान वीरेन्द्र सिंह (43)- को रूपमा भएको छ।
जानकारी अनुसार सीआरपीएफको 131 अल्फा यूनिटका जवान वीरेन्द्र सिंहले आफ्नै सर्भिस रिवल्वरले आफैमाथि गोली दागे। गम्भीर घाइते अवस्थामा उनलाई क्याम्पमै अवस्थित मेडिकल टीमले उपचारको लागि भर्ती गरायो, तर चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए। मृत जवान हरियाणाका बासिन्दा थिए भने चुनाउको ड्यूटीको निम्ति दिघा आएका थिए। घटना पछाड़िको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन।
पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि कांथी महकुमा अस्पतालमा पठाइदिएको छ। मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा