परास्त हुने डरले तृणमूल हिंसक भएको दिलीप घोषको दाबी
परास्त हुने डरले तृणमूल हिंसक भएको दिलीप घोषको दाबी


खड़गपुर, 0३ मार्च (हि.स.)। खड़गपुर सदरका भाजपा नेता दिलीप घोषले मालदामा न्यायिक अधिकारीहरूलाई घेरेको घटनालाई लिएर तृणमूल कंग्रेसको कड़ा आलोचना गरे। उनले आरोप लगाए, हामीले शुरूबाटै भन्दै आइरहेका छौं कि बंगालमा कुनै कानून व्यवस्था छैन।

शुक्रवार खड़गपुरमा पत्रकारहरूसित बातचित गर्ने क्रममा दिलीप घोषले भने, हारको डरले तृणमूललाई स्पष्ट रूपमा विचलित बनाइरहेको छ, त्यसैले उसले यसरी हिंसाको सहारा लिरहेको छ। यस्ता घटनाहरू भएका छन् जहाँ चुनाउ आयोगका अधिकारीहरूलाई घेरेर कालो झण्डा देखाइयो जुन कानून व्यवस्थाको खस्किँदो अवस्थाको संकेत हो। बल प्रयोग, डर देखाउनु र गुण्डागिरीको माध्यमबाट तृणमूलले चुनाउ जित्ने चेष्टा गरिरहेको छ। जब न्यायाधीशहरूले नै आफ्नो कर्तव्य पालन गर्न सकिरहेका छैनन्, उनीहरूको काममा बाधा दिने काम गरिँदैछ भने कानून व्यवस्था कहाँ छ? बंगालमा कानून व्यवस्था कहाँ छ?

दिलीप घोषले भने, अब प्रशासन चुनाउ आयोगको नियन्त्रणमा भएपछि ममता ब्यनर्जीले किन सोचिरहेकी छन् कि सबै कुरा उनको अनुसार हुनेछ? सबै कुरा आयोगको अधिनियम र निर्देश अनुसार नै हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande