
कोलकाता, 03 अप्रेल (हि.स.)। पश्चिम बंगालको एनआरएस मेडिकल कलेज एवं अस्पतालमा शुक्रवार बिहान क्रिटिकल केयर यूनिट (सीसीयू)- को छतको एक भाग झरेर कोकोहोलो मचियो। तथापि यस घटनामा कुनै पनि प्रकारको मानवीय क्षति भएको समाचार छैन। त्यहाँ उपचाराधिन 12 जना रोगीहरू भाग्यले बँचे।
सूत्र अनुसार शुक्रवार बिहान एनआरएसको पाँचौ तलामा सीसीयूको छतको एक भाग अचानक झऱ्यो। यस घटनापछि रोगी अनि रोगीका परिवारहरूमा त्रास व्याप्त भएको छ। तथापि घटनापछि सबै रोगीहरूलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको छ। हाल यस वार्डमा रोगीहरूलाई भर्ती गर्न बन्द गरिएको छ। अस्पतालका सुप्रिटेण्डेन्टलाई सूचित गरिएको छ। त्यसपछि उनले तुरून्तै वार्डको निरीक्षण गर्न अनि आवश्यक मरम्मत गर्न भनिएको छ।
स्मरण गराइन्छ, हालैमा आरजीकर अस्पतालमा दमदम निवासी अरूप ब्यनर्जीको मृत्यु लिफ्ट बिग्रिएको कारणले भएको थियो। तिनी आफ्नो छोराको उपचार गराउनका लागि गएका थिए। यस घटनापछि शुक्रवार घटेको यो घटना चर्चाको विषय भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा