खड़गपुरमा दिलीप घोषले 'चाय-पे चर्चा'-मा तृणमूललाई घेरे
खड़गपुरमा दिलीप घोषले 'चाय-पे चर्चा'-मा तृणमूललाई घेरे


खड़गपुर, 03 अप्रेल (हि.स.)। खड़गपुर विधानसभा क्षेत्रमा भाजपा प्रत्याशी दिलीप घोषले चुनावी प्रचारलाई जारी राखेका छन्। उनले शुक्रवार शहरको बड़ा बजार क्षेत्रको भ्रमण गरेर स्थानीय मानिसहरूसित 'चाय-पे चर्चा'- मा सामेल भए।

घोषले 21 नम्बर वार्डमा आयोजित यस कार्यक्रममा गोलबजार क्षेत्रका व्यापारी अनि बासिन्दाहरूसित बातचित गरे। उनले भने, म यहाँ प्रायजसो आउँछु र म यहाँका मानिसहरूको समस्यासित राम्ररी अवगत छु। तृणमूलले केही गर्दैन। भाजपा सत्तामा आयो भने सबै समस्याहरूको समाधान हुनेछ। तृणमूलले झगड़ा मात्र गर्छ, यही नै उसको राजनीति हो। यदि लड़ाईँ नै गर्नुछ भने विकासको लागि लड़, तर त्यस्तो गर्दैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande