खड़गपुरमा सीपीआईएम, सीपीआई र कंग्रेस उम्मेद्वारहरूले दर्ता गराए नामाकन पत्र
खड़गपुरमा सीपीआईएम, सीपीआई र कंग्रेस उम्मेद्वारहरूले दर्ता गराए नामाकन पत्र


खड़गपुर, 04 अप्रेल (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर महकुमा शासक (एसडीओ) कार्यालयमा शनिवार विभिन्न विधानसभा क्षेत्रहरूका वामपन्थी दल अनि कंग्रेसका उम्मेद्वारहरूले आ-आफ्नो नामांकन पत्र दर्ता गराए। यस अवधि ठूलो संख्यामा पार्टी नेता, कार्यकर्ता अनि समर्थकहरूको उपस्थितिले परिसर सहित वरपरका क्षेत्रहरूमा पनि राजनीतिक गतिविधिहरू गुञ्जिरहे।

नारायणगढ़ विधानसभा क्षेत्रबाट माकपा (सीपीआईएम) -का उम्मेद्वार तापस सिन्हाले निर्धारित समयमा खड़गपुर एसडीओ कार्यालयमा पुगेर आफ्नो नामांकन जमा गराए। यस अवधि उनीसित पार्टीका केही कार्यकर्ता अनि समर्थकहरू उपस्थित थिए। प्रशासनिक नियमलाई पालन गर्दै उनले औपचारिक रूपमा आफ्नो नामांकन दर्ता गराए।

यसै क्रममा सबंग विधानसभा क्षेत्रबाट माकपा उम्मेद्वार नकुल चन्द्र बेराले पनि शनिवार आफ्ना समर्थकहरूको साथमा एसडीओ कार्यालयमा पुगेर नामांकन पत्र दर्ता गराए। नामांकन पूर्व क्षेत्रमा संक्षिप्त प्रचार कार्यक्रम पनि गरियो। पार्टीका झण्डा र नाराहरूले माहोल उत्साहपूर्ण बन्यो।

यता पिंगला विधानसभा क्षेत्रबाट भारतीय कम्युनिस्ट पार्टी (सीपीआई)- का उम्मेद्वार अशोक सेनले खड़गपुर महकुमा शासकको कार्यालयमा आफ्नो नामांकन दर्ता गराए। नामांकन दर्ता गराउँदा पार्टीका कार्यकर्ता अनि समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नामांकन पस्चात उनले बने, क्षेत्रको विकास र आम मानिसहरूको समस्यालाई उनले प्रमुख मुद्दा बनाएर चुनावी मैदानमा उत्रेका छन्।

अर्कोतिर नारायणगढ़ विधानसभा क्षेत्रबाट भारतीय राष्ट्रिय कंग्रेसका उम्मेद्वार शेख आलेम हुसैनले पनि शनिवार खड़गपुर एसडीओ कार्यालयमा आफ्नो नामांकन पत्र जमा गराए। नामांकनअघि समर्थकहरूको साथमा एक संक्षिप्त जुलूस पनि निकालियो। उनले भने, सड़क, पिउने पानी, स्वास्थ्य सेवा अनि रोजगार जस्ता मुद्दाहरूलाई प्राथमिकता दिएर चुनाउ लड़िनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande