
गान्तोक, 04 अप्रेल (हि.स.)। सिक्किमका युवा कवि तथा भर्खरै नेपालमा सम्पन्न अन्तरराष्ट्रिय कविता प्रतियोगिता “मेरो कविता द रिदम अफ् पोएट्री” का विजेता सोनाम पाल्जोर तामाङलाई चिया कविता सिक्किमले भव्य अभिनन्दन जनाएको छ। चिया कविताको वार्षिक कार्यक्रम “कविता देउराली 2.0” कार्यक्रमको अवसरमा कवि पाल्जोरको जीतको हर्कलाई साझा गर्दै अभिनन्दन गरियो।
कवि सोनाम पाल्जोरलाई परम्परागत खादा अर्पण गर्दै अभिनन्दन पत्रले सम्मानित गरियो। जसमा चिया कविताको वरिष्ठ सदस्यगण रत्ना लक्सम सुब्बा, प्रवीण राई जुमेली, देवकुमार दुमी, अम्बर लाछिकाठी, उषा शर्मा, दीपा राईको बाहुलीबाट सम्मान गरियो।
आफ्नो आभार मन्तव्य राख्दै कवि पाल्जोरले भने मैले मेरो जीतको ट्रफी राखेर कविताको यात्रामा अघि बढिरहेको छु।
उनले चिया कविताले दिएको मञ्चले आजसम्मको यात्रा तय गरेको तथा यसमा सिक्किम र अन्य ठाउँहरूबाट आफूले पाएको साथ सहयोग अनि मायाको निम्ति आभार प्रकट गरे। यसैगरी, उनले कविताको अभ्यासमा यो प्रतियोगिताले आफूलाई धेरै कुरा सिक्ने मौका प्रदान गरेको बताए। उनले 18 घण्टासम्म कविता अभ्यास गरे
---------------
हिन्दुस्थान समाचार / बिशाल