नजफगढ़को ड्रेन सफा गर्नको लागि दुई वटा नयाँ हार्भेस्टर मशिनहरूको जलावतरण
नजफगढ़को ड्रेन सफा गर्नको लागि दुई वटा नयाँ हार्भेस्टर मशिनहरूको जलावतरण


नयाँ दिल्ली, 04 अप्रेल (हि.स.)। दिल्लीका जल मन्त्री प्रवेश साहिब सिंहले शनिवार पञ्जाबी बागमा नजफगढ़ ड्रेनको सफाई व्यवस्थालाई अझ बढ़ी प्रभावशाली बनाउने उद्देश्यले दुई वटा नया वीड हार्भेस्टर मशिनहरूको जलावतरण गरे।

उनले सोशल मीडिया प्लेटफर्म एक्समा पोस्ट गरी बताए, यो मशिनहरूको शुभारम्भ मात्र होइन, दिल्लीलाई जलभराउ र फोहोरको समस्यादेखि मुक्त गर्नको लागि स्थायी समाधानको दिशामा एक मजबुत कदम हो।

प्रवेश साहिब सिंहले भने, हाम्रो सरकारले यस्तो व्यवस्था गरिरहेको छ जसले वर्षौंसम्म जनतालाई राहत दिनेछ। आजको यो जलावतरण पनि त्यै सोचको प्रतीक हो। नालीहरूको सफाई समयमा आधुनिक तकनिकद्वारा गरियो भने जलभराउको समस्या कम हुनेछ, बिमारी पनि कम हुनेछ अनि जनतालाई सोझै राहत मिल्नेछ।

यस अवसरमा भारतीय जनता पार्टीका सांसद कमलजित सहारावत, विधायक कैलाश गंगवाल, निगम पार्षद सुमन त्यागी, जिल्ला अध्यक्ष चन्द्रपाल बक्शी, कार्यकर्ता एवं क्षेत्रवासी उपस्थित थिए।

सांसद सहारावतले भने, यी अत्याधुनिक मशिनहरूको उपयोगले ड्रेनको सफाई प्रक्रियामा तीव्रता आउनेछ अनि जलभराउको समस्या पनि केही हदसम्म कम हुनेछ जसबाट क्षेत्रलाई स्वच्छ र सुन्दर राख्नमा महत्वपूर्ण सहयोग मिल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande