जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग ४४ मा ठूलो पैह्रो, दुवैतर्फको सडक बन्द
जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग ४४ मा ठूलो पैह्रो, दुवैतर्फको सडक बन्द


जम्मू, ०६ अप्रेल (हि.स.)। कश्मीर घाटीलाई भारतका अन्य भागसँग जोड्ने जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग ४४ पैह्रोका कारण बन्द भएको छ। यस राजमार्गमा करोल ब्रिज र चंदरकोटबीच ठूलो पैह्रो गएको छ। आज बिहान करिब ३ बजी पहाडबाट ढुङ्गा खस्नु र माटो धस्किनाले दुवैतर्फको सड़क अवरुद्ध भएको हो।

अहिलेसम्मको अवस्थाअनुसार, जम्मूदेखि श्रीनगरतर्फ र श्रीनगरदेखि जम्मूतर्फ आउने सवारीसाधनहरू विभिन्न स्थानमा रोकिएका छन्। यो राजमार्ग २४७ किलोमिटर लामो छ र भारतकै सबैभन्दा लामो राष्ट्रिय राजमार्ग हो। यो मार्ग जम्मूदेखि शुरु भएर उधमपुर, रामबन (रामसू) र बनिहाल हुँदै श्रीनगरसम्म पुग्छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande