अमित शाहले भाजपा स्थापना दिवसको शुभकामना दिए
amit shah


नयाँ दिल्ली, ०६ अप्रेल (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले आज आफ्नो स्थापना दिवस मनाइरहेको छ। भाजपा तथा वरिष्ठ पार्टी नेता एवं केन्द्रिय गृहमन्त्री तथा सहकारिता मन्त्री अमित शाहले कार्यकर्ताहरू र देशवासीलाई पार्टीको स्थापना दिवसका अवसरमा शुभकामना दिएका छन्। भाजपा ले ‘एक्स’ मा लेखेको छ, “राष्ट्र पहिलो, अन्त्योदयको संकल्प र सेवा नै संगठनको मूल मन्त्र मानेर अघि बढ्ने विश्वको सबैभन्दा ठूलो राजनीतिक दल भारतीय जनता पार्टीको स्थापना दिवसका अवसरमा सम्पूर्ण कार्यकर्ता र देशवासीलाई हार्दिक शुभकामना।”

केन्द्रिय गृहमन्त्री अमित शाहले पनि सबै कार्यकर्तालाई भाजपा स्थापना दिवसको शुभकामना दिएका छन्। उनले व्हाट्सएप सन्देशमार्फत लेखेका छन्, “डा श्यामा प्रसाद मुखर्जी र पण्डित दीनदयाल उपाध्यायको राष्ट्रवादी चिन्तन र वैचारिक प्रेरणाबाट स्थापित भारतीय जनता पार्टी केवल एक राजनीतिक घटना मात्र होइन, राष्ट्र पुनर्निर्माणको संकल्प थियो। अन्तिम पंक्तिमा रहेका मानिसहरूको कल्याण गर्ने मूल भावनासहित शुरु भएको भाजपाले मोदीजीको नेतृत्वमा ‘सबका साथ, सबका विकास, सबका विश्वास’ को मन्त्रलाई साकार पारेको छ।”

उनले थप लेखेका छन्, “भाजपाले लोकतन्त्रका जरा मजबुत बनाउँदै देशलाई तुष्टीकरणबाट मुक्त गरी सुशासन र पारदर्शिता स्थापना गर्ने काम गरेको छ। आज भाजपा केवल एउटा पार्टी मात्र नभई १४० करोड़ देशवासीका सपना र आकांक्षाको प्रतिनिधि बनेको छ।”

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande