प्रधानमन्त्रीले प्रकाश पर्वमा श्री गुरु तेग बहादुरलाई सम्झिए
pm modi


नयाँ दिल्ली, ०७ अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार श्री गुरु तेग बहादुरको प्रकाश पर्वका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले यस महान आध्यात्मिक विभूतिको स्मरण गर्दै उनलाई हाम्रो सभ्यताको प्रेरणाको स्रोतका रूपमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले एक्समा दिएको सन्देशमा गुरु तेग बहादुरको जीवन साहस, त्याग र मानवताप्रति गहिरो संवेदनशीलताको अनुपम उदाहरण रहजको बताएका छन्। उनले कठिन परिस्थितिमा पनि सत्य, गरिमा र आस्थाको रक्षा गर्दै अडिग रही समाजलाई मार्गदर्शन गरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले गुरु तेग बहादुरको सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै यसले न्यायपूर्ण, करुणामय र समरस समाज निर्माण गर्न प्रेरणा दिने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande