प्रधानमन्त्री मोदीले विश्व स्वास्थ्य दिवसमा स्वस्थ समाज निर्माणको आह्वान गरे
pm modi


नयाँ दिल्ली, ०७ अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व स्वास्थ्य दिवसको अवसरमा देशवासीलाई शुभकामना दिँदै स्वस्थ समाज निर्माणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।

प्रधानमन्त्री मोदीले अरूको सेवामा निरन्तर खटिने तथा स्वस्थ पृथ्वी निर्माणतर्फ काम गर्ने सबै व्यक्तिप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्। उनले बलियो र सशक्त राष्ट्रका लागि स्वस्थ नागरिक अनिवार्य हुने बताएका छन्।

प्रधानमन्त्रीले यस दिशामा सबैले सामूहिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रत्येक व्यक्तिको कल्याणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताउँदै देशलाई स्वस्थ बनाउन सबै तहमा निरन्तर काम गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।

आफ्नो एक्स सन्देशमार्फत उनले नागरिकलाई शारीरिक रूपमा सक्रिय रहन प्रेरित गरेका छन्। सबैको उत्तम स्वास्थ्यको कामना गर्दै उनले प्रत्येक व्यक्तिले आफ्नो स्वास्थ्य जोगाउन आवश्यक सबै प्रयास गर्नुपर्ने बताएका छन्।

यस अवसरमा उनले शारीरिक व्यायामको महत्व झल्काउने एक संस्कृत सुभाषित पनि साझा गरेका छन्-

“लघुं कर्मसामर्थ्यं दीप्तोऽग्निर्मेदसः क्षयः।

विभक्तघनगात्रत्वं व्यायामदुपजायते॥”

प्रधानमन्त्री मोदीले यस श्लोकमार्फत नियमित व्यायामले कार्यक्षमता बढ्ने, पाचन प्रणाली सुधार हुने, मोटोपन घट्ने र शरीर बलियो तथा सुडौल बन्ने बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande