होशियारपुरमा पाकिस्तान इन्टरनेशनल एयरलाइन लेखेको हट बेलुन भेटाइयो
होशियारपुरमा पाकिस्तान इन्टरनेशनल एयरलाइन लेखेको हट बेलुन भेटाइयो


चण्डीगढ़, 17 मई (हि.स.)। आइतवार पञ्जाबको होशियारपुरमा दसूहा सड़कमा अवस्थित सतौर गाउँको बाहिरी क्षेत्रमा खेतमा एउटा सानो हवाईजहाज जस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि खैलाबैला मच्चियो। त्यसमा पाकिस्तान इन्टरनेशनल एयरलाइन्स लेखिएको थियो।

टाढ़ाबाट हेर्दा त्यो वस्तु ड्रोन जस्तो देखिन्थ्यो। खेततिर गइऱहेका केही गाउँलेहरूले त्यो वस्तु देखे र तुरुन्तै गाउँका प्रमुख कुलदीप कौर र समिति सदस्य परमजीत सिंहलाई जानकारी गराए। त्यसपछि पुलिसलाई जानकारी गराइयो।

पुलिस अनुसार, त्यो वस्तु वास्तवमा हवाईजहाज जस्तो आकारको एउटा हट एयर बेलुन थियो र त्यसमा पीआईए (पाकिस्तान इन्टरनेशनल एयरलाइन्स) लेखिएको थियो। पुलिसले अब बेलुन कहाँबाट आयो र त्यस क्षेत्रमा कुनै सामग्री खसालिएको छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ। वरपरका खेतहरू र नजिकैका क्षेत्रहरूमा पनि खोजी अभियान चलाइयो, तर केही भेटिएन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande