प्रधानमन्त्री मोदीले लखीमपुर खीरी स़ड़क दुर्घटनामा शोक व्यक्त गरे, क्षतिपूर्तिको घोषणा
मोदी


नयाँ दिल्ली, 18 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार बिहान उत्तर प्रदेशको लखीमपुर खीरीमा भएको दुर्घटनामा शोक व्यक्त गर्दै क्षतिपूर्तिको घोषणा गरे। दुर्घटनामा ट्रक र भ्यान ठोक्किएर आठ जनाको मृत्यु भयो।

प्रधानमन्त्रीले दुर्घटनामा ज्यान गुमाउने परिवारप्रति समवेदना व्यक्त गरे र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

प्रधानमन्त्रीले एक्समा भनेका छन्, लखीमपुर खीरीमा भएको दुर्घटनाबारे सुनेर म आहत छु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति मेरो समवेदना। घाइतेहरू छिटोभन्दा छिटो निको होस्।

प्रधानमन्त्रीले मृतकका परिवारलाई राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति 2 लाख रुपियाँको अनुग्रह राशि दिने पनि घोषणा गरे। दुर्घटनामा घाइते भएकाहरूलाई 50 हजार रूपियाँ आर्थिक सहयोग प्रदान गरिनेछ।

उल्लेखनीय छ कि सोमवार बिहान लखीमपुर-बहराइच राजमार्गमा तीव्र गतिमा रहेको ट्रक र भ्यान ठोक्किए। यस दुःखद दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भयो भने दुई जना गम्भीर घाइते भए। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande